बुढीगंगामा दुर्घटना, दुईजनाको मृत्यु

<span class='c1'>बुढीगंगामा दुर्घटना,</span> <span class='c2'>दुईजनाको मृत्यु</span>

विराटनगर । मोरङको बुढिगंगास्थित गंगाचौकमा (विराट टिचिङ्ग अगाडी) शुक्रबार बिहान भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । विराटनगरबाट इटहरीतर्फ गईरहेको ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ मोरङ केराबारीका दुईजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा केराबारी–७ का २७ वर्षीय हर्क परियार र २१ वर्षीय भीमबहादुर राईको मृत्यु भएको हो । को ३० प ९१०३ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई एसआर ३८ एक्स २९१० नम्बरको सवारीले ठक्कर दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राजकुमार कार्कीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्