विराटनगरबाट भारत लैजान लागेको आठ ट्रक सुपारी नियन्त्रणमा

विराटनगरबाट भारत लैजान लागेको आठ ट्रक सुपारी नियन्त्रणमा

विराटनगर । नेपालबाट भारततर्फ तस्करी गरेर लैजान लागेको आठ ट्रक सुपारी प्रहरीले विराटनगर–१४ बाट पक्राउ गरेको छ । सुपारी लोड गरेर भारततर्फ गईरहेका भारतीय नम्बर प्लेट भएका आठवटा ट्रकलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिइएको हो ।

बिहीबार राती इलाका प्रहरी कार्यालय रानीबाट चेकजाँचका क्रममा युपी ४५ टी १६२४, एमपी ०९ एचजी ८३२०, एमपी २२ एच १०३१, युपी ५० बिटी ७२७७, युपी ६२ बिटी ८१२१, युपी ५४ टी ६४२९, युपी ५० एटी ३१५८ र युपी ६२ सिटी ०६२७ नम्बर प्लेटका ट्रक नियन्त्रणमा परेका हुन् ।
इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नालका अनुसार ट्रकमा सुपारी भएको खुलेको छ । कागजात बिनाको सुपारी भारत तस्करी भईरहेको विशेष सुचनाका आधारमा प्रहरीले चेकजाँच गरेको प्रहरी निरीक्षक दर्नालले बताउनुभयो ।

सुपारी कसको हो र कुन प्रक्रियाबाट निकासी हुन लागेको थियो भन्ने यकिन भने भईसकेको छैन । राती अवैध रुपमा सुपारी भारत पठाउन लागेको भन्ने सर्वसाधारणको सुचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएपनि त्यसको प्रक्रिया बारे बुझ्न नपाएको प्रहरी निरीक्षक दर्नालको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्