विराटनगर । १ नम्बर प्रदेश किरात प्रदेश घोषणा गर भन्दै प्रदेश सभा भवन अगाडी साकेला नाच गर्दै किरात राई यायोक्खा मोरंगले प्रदर्शन गरेका छन् ।
शुक्रबार किरात राई यायोक्खा मोरंगले विराटनगरस्थित प्रदेशको नामाकरणमा ऐतिहासिकता र पहिचानलाई प्राथमिकतामा दिनुपर्ने माग गर्दै प्रदेश सभा भवन अगाडी साकेला नाच गर्दै प्रदर्शन गरेका हुन् ।
प्रदेशसभा सचिवालयमा आज सर्वदलीय बैठक आव्हान गरिएको छ । बैठकमा प्रदेशको नामकरणको विषयमा छलफल भैरहेको छ । उक्त छलफलमा किरात प्रदेश नामकरण गर्न दबाब दिँदै यायोख्खाले प्रदर्शन गर्दै आएका छन् ।
तस्वीर : प्रेम देवान/आवर विराटनगर