प्रदेश १ को नामाकरणका लागी दलहरु बीच अझै जुटेन सहमति, बिना निष्कर्ष टुङ्गियो बैठक

प्रदेश १ को नामाकरणका लागी दलहरु बीच  अझै जुटेन सहमति, बिना निष्कर्ष टुङ्गियो बैठक

विराटनगर । प्रदेश १ को नामाकरणका लागि सहमति जुटाउन शुक्रबार बसेका दलहरूको बैठक बिना निष्कर्ष टुङ्गिएको छ ।

सभामुख प्रदीपकुमार भण्डारीका अनुसार अर्को बैठकमा छलफल गर्ने सहमति गर्दै शुक्रबारको बैठक टुङ्गिएको हो । एमाले नेता जीवन घिमिरेले पनि अर्को बैठकमा छलफल गर्ने गरी बैठक सकिएको जानकारी दिएका छन् । बैठकमा नेपाली काँग्रेसले ८ गते बस्ने प्रदेशसभा मै प्रक्रियामा जान प्रस्ताव गरेको थियो । काँग्रेस संसदीय दलका नेता राजिव कोईरालाले आफ्नो दलले प्रक्रियामा जान जोड दिएको बताए ।

उनले साझा पहिचानमा जान जोड गरेको र नभए सहमतिमा जान आग्रह गरेको बताए । यता पहिचानको आधारमा प्रदेश नम्बर १ को नामाकरण किराँत प्रदेश हुनुपर्ने माग राख्दै किराँत राई यायोक्खाले शुक्रबार दिउसो प्रदेशसभा बाहिर साकेला नाच प्रदर्शन गर्दै जनदवाब दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्