प्रदेश १ को नामाकरणको विषयमा भित्र बैठक, बाहिर साकेला नृत्य

प्रदेश १ को नामाकरणको विषयमा भित्र बैठक, बाहिर साकेला नृत्य

प्रेम देवान
विराटनगर । प्रदेश १ को नामकरणका लागि प्रदेशसभा सचिवालयमा शुक्रबार सर्वदलीय छलफल चलिरहेको बेला प्रदेशसभा बाहिर भने किरात राई यायोक्खाले साकेला नृत्य प्रदर्शन गरेका छन् ।


खास गरी किराँत समुदायले बर्षमा दुई चोटी उभौली र उधौलीमा नाचिने सास्कृतिक नृत्य साकेला सिली विराटनगरमा रहेको प्रदेश सभाबाहिर प्रदर्शन गरेका छन् ।
पहिचानका आधारमा ‘किरात प्रदेश’ नाम राख्न माग गर्दै शुक्रबार दिउसो साकेला नृत्य प्रस्तुत गरेका थिए । झापा, मोरङ, सुनसरी जिल्लाबाट सहभागी किरात राई यायोक्खाले किराँत प्रदेश नामाकरण गर्नुपर्ने जनदवाब सहित साकेला नृत्य प्रस्तुती दिएका हुन् ।


प्रदेश एकका सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशको नामकरणका लागि सहजीकरण गर्न शुक्रबार सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरू सहभागी भएका थिए ।
तर प्रदेश १ को नामाकरणका लागि सहमति जुटाउन शुक्रबार दलहरू बिच सकेको बैठक विना निष्कर्ष टुङ्गिएको छ । यही अधिवेशनमा दलहरू प्रदेशको नाम राख्न गृहकार्यमा जुटिरहेका छन्। तर कार्यकाल सकिन लागिसक्दा पनि ७ प्रदेशमध्ये प्रदेश १ ले अझै नाम जुटाउन सकेको छैन ।
यता पहिचानको आधारमा प्रदेश नम्बर १ को नामाकरण किराँत प्रदेश हुनुपर्ने माग राख्दै विगत केही दिनदेखी निरन्तर रुपमा पहिचानवादीहरुले मुख्यमन्त्री कार्यालय र प्रदेशसभा बाहिर जनदवाब सहित आन्दोलन गर्दै आईरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्