शिक्षादिप कलेजमा बैकिङ तथा वित्तीय साक्षरता कार्यक्रम

शिक्षादिप कलेजमा बैकिङ तथा वित्तीय साक्षरता कार्यक्रम

विराटनगर । नियमित तथा फरक तरिका शिक्षा दिँदै आएको विराटनगरमा रहेको शिक्षादिप कलेजले बैकिङ तथा वित्तीय साक्षरता कार्यक्रमको शुरु गरेको छ ।


कलेजमा व्यवस्थापन संकायमा अध्ययन गर्ने विद्यार्थीलाई हप्तामा एक पटक पाठयक्रमका अतिरिक्त कक्षा सञ्चालन गरेको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडकाले बताए । अतिरिक्त कक्षाले सिए, बैकिङ र लोकसेवालगायतका तयारीमा सहयोग पुग्ने प्रिन्सिपल खड्काले जानकारी दिए ।
पहिले सेसनमा बैकिङ तथा वित्तीय सम्बन्धि निलम भट्टराई र शेलेन्द्र शिवाकोटीले सहजिकरण गरे भने दोस्रो सेसनमा सिए किञ्जन पोखरेलले चार्टर एकाउण्टेण्ड सम्बन्धि सहजिकरण गरेको को–अर्डिनेटर शंकर भट्टराई बताए । अहिले कक्षा १२ का करिव ३७० जना विद्यार्थी सहभागि रहेको कलेजले जनाएको छ ।

विद्यार्थीको वृति विकास सम्बन्धि कार्यक्रमलाई नियमितरुपमा सञ्चालन गरिने को–अर्डिनेटर भट्टराई जानकारी गराए । प्रत्येक शुक्रबार पाठयक्रममा रहेको भन्दा अतिरिक्त कक्षा सञ्चालन भएको विराटनगरमा पहिलो रहेको भट्टराईको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्