विराटनगरमा कराँतेको प्रशिक्षण सुरु

<span class='c1'>विराटनगरमा कराँतेको</span> <span class='c2'>प्रशिक्षण सुरु</span>

विराटनगर । विराटनगर - १६ मा सितेरीयो कराँते प्रशिक्षण सुरु भएको छ ।

विराटनगर-१६ रानीस्थित रानी युवा क्लबमा कराँतेको प्रशिक्षण सुरु भएको हो । कराँतेका खेलाडीहरू उत्पादन गर्ने उद्देश्यले शनिवार एक कार्यक्रम आयोजना सितेरीयो कराँते प्रशिक्षणको उद्घाटन विराटनगर १६ का वडाध्यक्ष उद्धव भुजेलले गरेका छन् । कराँतेको प्रशिक्षण प्रत्येक दिन झास ६ बजेदेखि ७ बजेसम्म एक घण्टासम्म रानी युवा क्लबमा हुनेछ । कराँतेको प्रशिक्षण प्रशिक्षक चौथो डान रीना श्रेष्ठ र सहायक प्रशिक्षक दोस्रो डान ज्योति कुमारी महतोले दिनेछन् । विराटनगर क्षेत्रमा करातेमा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्य अनुसार कराँतेको प्रशिक्षण सुरु गरिएको प्रशिक्षक चौथो डान रीना श्रेष्ठले बताइन् ।

‘यो प्रशिक्षण अब निरन्तर रूपमा चल्नेछ,’ उनले भनिन, ‘आत्म रक्षाको लागि पनि कराँते सिक्न जरुरी रहेको छ ।’ उनले कराँते खेलको विकासमा राज्यले पनि लगानी गरिनुपर्ने बताइन् । तीन तहको सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा बोल्दै विराटनगर १६ का वडाध्यक्ष उद्धव भुजेलले विराटनगर क्षेत्रमा करातेका खेलाडी उत्पादन गरिनुपर्ने बताए । त्यसको लागि वडा कार्यालयले पनि सहयोग गर्ने उनले बताए । खेलाडी राष्ट्रको गहना भएकोले खेल क्षेत्रको विकासमा ध्यान दिएर अगाडी बढ्ने उनले बताए । कार्यक्रममा मिल्स गोल्ड कप ट्रस्टका अध्यक्ष किशोर शाही, कोषाध्यक्ष विष्णु डंगोलले, रानी युवा क्लबका अध्यक्ष संजिव सुब्बा, समाजसेवी किशोर सुब्बालगायतले खेलकुद क्षेत्रलाई स्थानीय, प्रदेश र सङ्घीय सरकारले प्राथमिकता राखेर बजेट बिना योजन गरिनुपर्नेमा जोड दिए । खेलकुद क्षेत्रलाई राज्यले प्राथमिकता राखे मात्र यस क्षेत्रको विकास हुने उनीहरूले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्