विराटनगर वितरण केन्द्रको बिद्युत बक्यौता ७२ करोड नाघ्यो

विराटनगर वितरण केन्द्रको बिद्युत बक्यौता ७२ करोड नाघ्यो

विराटनगर । नेपाल बिद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रको बिद्युत बक्यौता ७२ करोड २८ लाख रुपिँया पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०७७÷२०७८ मा ६५ करोड रहेकोमा गत आर्थिक वर्ष २०७८÷२०७९ मा सात करोड बक्यौता थपिएको हो ।

बिद्युत बक्यौता घटाउने लक्ष्य राखिएपनि वर्षेनी बढ्दै गएको छ । विराटनगर महानगरपालिका, कटहरी, जहदा, ग्रामथान र बुढीगंगा गाउँपालिकालाई सेवा क्षेत्र रहेको कार्यलय मातहत ७७ हजार ७७७ ग्राहक रहेका छन् ।
जसमा ग्राहस्थ ७३ हजार ५१५ ग्राहकबाट १७ करोड बक्यौता असुल गर्न बाँकी देखिएको छ । प्राधिकरणका लेखा प्रमुख यामकर्ण बस्नेतका अनुसार १५४३ औद्योगिक ग्राहकबाट ३७ करोड बक्यौता असुल गर्न बाँकी छ । अघिल्लो वर्ष औद्योगिक क्षेत्रका ग्राहकबाट ३४ करोड बक्यौता असुल गर्न बाँकी रहेको थियो । औद्योगिक क्षेत्रमा आपूर्ति गरिएको बिद्युत बक्यौता समेत वर्षेनी बढ्दै गएको हो ।

प्राधिकरण अन्तर्गत १४ प्रकारका ग्राहक रहेका छन् । ७३९ व्यापारिक ग्राहकमध्येबाट एक करोड ७१ लाख, ३५८ सडक बत्तिको मात्रै १० करोड ९६ लाख रुपिँया बक्यौता असुल गर्न बाँकी देखिएको छ । यसैगरी सिंचाईका एक हजार ५४ मिटर जडान भएका ग्राहकमध्येबाट ४२ लाख ५३ हजार रुपिँया बक्यौता देखिएको छ । गैरग्राहस्थ्य (निजी विद्यालय तथा अस्पताल) ६४ ग्राहकबाट १ करोड २२ लाख बक्यौता उठ्न बाँकी छ । प्राधिकरणबाट मनोरञ्जन व्यवासायका लागि ८, खानेपानी १९, यातायात १, मन्दिर ९४, अस्थायी बत्ति ११ र आन्तरिक खपतका १३ मिटर समेत जडान छन् । यसरी प्रयोग गर्ने बिद्युतको महसुल बुझाउन आकानाकानी गरिने गरिएको छ ।

नेपाल बिद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख रोशन खड्काले कार्यालय अन्तर्गतको सेवा क्षेत्रका गत एक आर्थिक वर्षमा ३१ वटा नयाँ ट्रान्सफर्मर जडान गरिएको जानकारी दिनुभयो । भएकामध्ये १२ वटाको अपग्रड गरिएपछि अहिले कार्यालय मातहत ५०८ वटा ट्रान्सफर्मर पुगेका छन् । सेवाग्राहीको माग अनुसार ट्रान्सफर्मर थप गर्ने कार्य चालु आर्थिक वर्षमा समेत निरन्रता पाउने प्रमुख खड्काले जानकारी दिनुभयो । बिद्युत आपूर्ति प्रणालीलाई व्यवस्थित गर्न कार्यालय मातहत ट्रान्सफर्मरको संख्या ६६५ वटा पु¥याउने योजना गतवर्ष बनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्