विराटनगरमा पक्राउ आठ ट्रक सुपारी राजश्व अनुसन्धानमा बुझाइयो

विराटनगरमा पक्राउ आठ ट्रक सुपारी राजश्व अनुसन्धानमा बुझाइयो

विराटनगर । विराटनगर–१४ बाट बिहीबार राती १० बजे नियन्त्रणमा लिइएको आठ ट्रक सुपारी राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ । मोरङ प्रहरीले आइतबार सुपारीको अन्तिम अनुसन्धान गर्न राजश्व अनुसन्धान कार्यालयलाई बुझाएको हो ।

विराटनगर भन्सारमा निकासी र जोगबनी कस्टममा पैठारी महशुल बुझाएर भन्टाबारी नाकाबाट भारत निर्यात हुने सुपारी प्रहरीले नियन्त्रणमा लिइएको थियो ।
प्रहरीले नियन्त्रणमा लिएको एमपी ०९ एचजी ८३२०, एमपी २२ एच १०३१, युपी ५० बिटी ७२७७, युपी ६२ बिटी ८१२१, युपी ५४ टी ६४२९, युपी ५० एटी ३१५८, युपी ६२ सिटी ०६२७, युपी ४५ टी १६२४ नम्बरको ट्रक राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको हो । ती ट्रकमा २ लाख १९ हजार ५ सय ९६ किलोग्राम सुपारी थियो ।

प्रहरीले तेस्रो मुलुकबाट आयात गरेर नेपाली उत्पादन बनाएर भारत निर्यात गरेको आशंका गरेको थियो । तर, त्यो आशंकालाई पुष्टि गर्ने आधार फेला पारे नपारेको खुलाएको छैन । मनकामना ट्रेडर्सको नामबाट निकासी भएको सुपारी झापाका कारोबारीको भएको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्