काठमाडौं । राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै ‘नेपाल इ–पासपोर्ट’ नामक मोबाइल एप सञ्चालनमा ल्याएको छ।
अब मोबाइलबाट नै राहदानीबारे जानकारी लिन सकिने भएको छ । राहदानी विभागको 'नेपाल ईपासपोर्ट' नामक मोबाइल एपबाट राहदानी सम्बन्धी विवरण हेर्न सकिने राहदानी विभागले जनाएको छ ।
उक्त एपबाट राहदानीका लागि पेश गरेको आवेदन फारम स्वीकृत भएको नभएको र राहदानी प्रिन्ट भए नभएको हेर्न सकिने छ। राहदानी विभागको यो मोबाइल एप एन्ड्रोइड र आईओएस दुवै भर्जनमा उपलब्ध रहेको विभागले जनाएको छ ।