बालिका भगाउने किशोर मोरङ प्रहरीको नियन्त्रणमा

<span class='c1'>बालिका भगाउने किशोर</span> <span class='c2'>मोरङ प्रहरीको नियन्त्रणमा</span>

विराटनगर । विराटनगर १६ का एक युवाले १४ वर्षीया बालिकालाई ललाई–फकाई विवाह गरेको आरोपमा मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङको बुढीगगा २ की १४ बर्षिया बालिकालाई भगाएको आरोपमा विराटनगर १६ का २१ वर्षीय विक्कु राय प्रहरी नियन्त्रणमा परेका हुन् ।
रायले गत शुक्रबार घरमा कोही नभएको मौका छोपेर बालिकासँग विवाह गरेको मनसायमा भगाएका थिए ।

विवाह गर्ने उमेर नपुगी छोरीलाई भगाएको थाहा पाएपछी किशोरीका आफन्तले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडित परिवारको उजुरीका आधारमा आरोपितलाई मोरङ प्रहरीले आईतबार दिउँसो घरबाट पक्राउ गरेको थियो । उनीसँगै बालिकालाई समेत प्रहरीले उद्धार गरेको छ ।

कक्षा ९ मा अध्ययनरत बालिकालाई घरमा लगेर रायका परिवारले गुपचुप सिन्दुरपोते गरेका थिए । विवाह गरेको भन्ने विषय केटाका छरछिमेकले समेत थाहा पाएका थिएनन् । आईतबार प्रहरीले केटाका घरमा बालिकाको उद्धार गर्न पुगेपछि मात्रै स्थानीयले थाहा पाएका हुन् ।

कसरी भयो चिनजान

पक्राउ परेका युवा त्यही बालिकाको घर छेउमा रहेको एक गार्मेन्टमा काम गर्दैआएका थिए । काममा गएको बेला उनीसँग बोलचाल हुने गरेको थियो । सामान्य बोलचालसँगै एक आपसमा मोबाईल नम्बर साटासाट गरे । त्यसपछि नियमित बोलचाल र भेटघाट सुरु भयो । चिनजानको सम्बन्ध निजकँदै जाँदा एकले अर्कोबीच विश्वास बढ्यो । त्यहि विश्वासका आधारमा बालिकाले युवाको घर जाने ईच्छा गरेकी थिइन् ।

मोरङ प्रहरीका प्रवत्ता दिपक श्रेष्ठका अनुसार केटीको उमेर १४ बर्ष मात्रै भएका कारण कानुनी प्रकृयामा गएर अनुसन्धान थालिने छ । तर अहिलेसम्म बालिका पक्षले जाहिरी नदिएका कारण कारवाहीको प्रक्रिया अगाडी बढाईएको छैन।

किशोरीकी आमाले केटा पक्ष विरुद्ध जाहिरी दिए भने कारबाही अगाडी बढाईने प्रवक्ता श्रेष्ठको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्