विराटनगरका मेयर कोइरालासँग पाँच बिघा जग्गा, ८० तोला सुन

विराटनगरका मेयर कोइरालासँग पाँच बिघा जग्गा, ८० तोला सुन

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले व्यक्तिगत सम्पत्ति विवरण बुझाएका छन् । सार्वजानिक पद धारण गरेपछि महानगरपालिकामा व्यक्तिगत नाममा रहेको सम्पति विवरण कोइरालाले बुझाएका हुन् ।

मेयर कोइरालाले बुझाएको सम्पति विवरणमा विराटनगर–१५ र ११ मा पाँच बिगाहा आसपास जमिन रहेको उल्लेख छ । विराटनगर १५ मा कित्ता नम्बर ३६, ४१, १२१, १५७ र ५९८ मा ८५ कठ्ठा जग्गा, विराटनगर ११ मा पैत्रिक सम्पत्तिबाट पाएको ११ कठ्ठा जग्गा रहेको उल्लेख छ । यो जमिन भाई पुरु कोइरालाको नाममा रहेको जनाइएको छ । यसैगरी कोइरालासँग ८० तोला सुन रहेको उल्लेख छ ।

यस्तै सानीमा बैंकमा १० लाख रुपैयाँ नगद रहेको देखाइएको छ । आफ्नो नाममा रहेको तीन करोड २० लाखको टोयोटाको प्राडो १ थान रहेको विवरण बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्