जर्बरजस्ती करणी आरोपमा विराटनगरका कराँते प्रशिक्षक राउत र उनका साथी सुवेदी पक्राउ

<span class='c1'>जर्बरजस्ती करणी आरोपमा विराटनगरका कराँते प्रशिक्षक</span> <span class='c2'>राउत र उनका साथी सुवेदी पक्राउ</span>

विराटनगर । १९ वर्षीया युवतीलाई जर्बरजस्ती करणी आरोपमा कराँते प्रशिक्षक बिनोद राउत र उनका साथी सुरज सुवेदी पक्राउ परेका छन् ।
विराटनगर–३ का ५० वर्षीय राउत र उनका साथी सुवेदीले एक किशोरीलाई जर्बरजस्ती करणी गरेको आरोप लागेको छ ।

मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता दिपक श्रेष्ठका अनुसार पीडितको जाहेरीका आधारमा दुईदिन अगाडी नै उनीहरुलाई पक्राउ गरि अनुसन्धानका लागि म्याद थप गरिएको छ । उनीहरुलाई विराटनगरबाट पक्राउ गरिएको थियो ।

युवतीलाई होटलमा लगेर जर्बरजस्ती करणी गरेको र भिडियो बनाएर थप दुःख दिएको भन्दै उनीहरु विरुद्ध आइतबार प्रहरीमा जाहेरी दिइएको थियो । राउत मोरङ जिल्ला खेलकुद विकास समितिका कराते प्रशिक्षक हुन् । नेपाल खेलकुद महासंघको खेलकुद विज्ञ समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्