डिएसपी पंजीयारले गरे श्रीमतीको जन्मदिनमा आश्रमलाई सहयोग

डिएसपी पंजीयारले गरे श्रीमतीको जन्मदिनमा आश्रमलाई सहयोग

विराटनगर । वडा प्रहरी कार्यलय विराटनगर (क) का प्रमुख प्रहरी नायव उपरीक्षक दिपेन्द्र पंजीयार थारुले श्रीमतीको जन्मदिनको अवसरमा बृद्धा आश्रमलाई सहयोग उपलब्ध गराएका छन् ।

श्रीमती सिमा पंजियारको जन्मदिनको अवसर पारेर बिराटेश्वर बृदा आश्रमलाई १४ हजार २०२ रुपिँया सहयोग उपलब्ध गराएका हुन् । आश्रममा “मुष्ठीदान अन्नदान अक्षय कोष स्थापना” गर्नको लागि स्व.बुवा लिला पंजीयार थारु र आमा जिरामती देवी पंजीयार थारुको नाममा रहेको अक्षय कोषमार्फत सहयोग गरेका हुन् ।

यस अघि पनि डिएसपि पंजियार थारुले आश्रमलाई बिभिन्न समयमा आर्थिक सहयोग उपलब्ध गराउँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्