आईसीपीसम्म कार्गो रेलका लागि कुटनीतिक पहल गरिदिन मन्त्रीसँग विराटनगरका उद्योगीको आग्रह

आईसीपीसम्म कार्गो रेलका लागि कुटनीतिक पहल गरिदिन मन्त्रीसँग विराटनगरका उद्योगीको आग्रह

विराटनगर । विराटनगरका उद्योगीले आईसीपीसम्म कार्गोरेल ल्याउने विषयमा भारत सरकारसँग पहल गरिदिन उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडुसँग आग्रह गरेका छन् । मोरङ व्यापार संघमा मंगलबार आयोजित छलफल तथा भेटघाट कार्यक्रममा उद्योगीहरुले कुटनीतिक पहलमार्फत आईसीपीसम्म कार्गोरेल ल्याउने विषयमा गम्भीर भईदिन आग्रह गरेका हुन् ।

संघका अध्यक्ष नविन रिजालले सरकारले बजेटमार्फत असजिलोमा परेका तीनथरी उद्योग बन्द हुने अवस्थामा पुगेको जानकारी गराउँदै तत्काल पुनरावलोकन गरिदिन माग गर्नुभयो ।
कार्यक्रममा मन्त्री बडुले उद्योगीका मागप्रति सरकार सकारात्मक रहेको बताउनुभयो । उहाँले सरकारले निजी क्षेत्रका माग सम्बोधन गरेर अगाडी बढ्ने बताउनुभयो । आयातको भरमा रहेको नेपालले उत्पादन बढाउन जरुरी रहेकोले उद्योग दर्ताको प्रक्रियालाई एकल बिन्दुको सेवा प्रदान गर्ने तयारी भईरहेको बताउनुभयो । उहाँले देशभरका रुग्ण उद्योग सञ्चालनका लागि सरकारले अध्ययन सुरु गरेको बताउनुभयो ।

कार्यक्रममा उद्योग संगठन मोरङका उपाध्यक्ष प्रदिप मुरारकाले कार्गो रेल आए दैनिक २० लाख रुपिँया सरकारलाई फाइदा हुने दावी गनुृभयो । यसैगरी नेपाल उद्योग परिसंघका अध्यक्ष भीम घिमिरेले बजेटमा देखिएका समस्या समाधान गर्नका लागि आग्रह गर्नुभयो ।
व्यापार संघका उपाध्यक्ष बिकास बेगवानीले भारतले गहुँ निर्यातमा रोक लगाएपछि नेपालका मैदा मिलहरु समस्यामा परेको बताउनुभयो । त्यसका लागि सरकारले पहल गरेर भारतले निर्यात प्रतिबन्ध लगाएको गहुँको फुकुवा गराउन सहयोग गर्नुपर्ने माग गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्