विराटनगरमा `उद्यमीका कुरा´ कार्यक्रम हुने

विराटनगरमा `उद्यमीका कुरा´ कार्यक्रम हुने

विराटनगर । विराटनगरमा `उद्यमीका कुरा´ कार्यक्रम संचालन हुने भएको छ ।

उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उदेश्यले विकल्प एन अल्टरनेटिभले सहजसँगको सहकार्यमा कार्यक्रम आयोजना गर्न लागेको हो ।

साउन १२ गते बिहिवार विराटनगरस्थित होटेल श्री कृष्णमा कार्यक्रम हुने भएको छ । उद्यमशीलता विकाससंग सम्बन्धित यस कार्यक्रम अंग्रेजी क्यालेन्डरको प्रत्येक महिनाको अन्तिम बिहीवारका दिन उद्यमीहरु र सरोकारवालाहरु बीच प्रत्यक्ष छलफल तथा अन्तरक्रिया हुने गर्दछ ।

सफल उद्यमीहरूको सफलताको कथाका माध्यमबाट आम नेपाली जनताहरुमा मेहनत गरि यही देशमा गरि खान सकिन्छ भन्ने सकारात्मक संन्देश प्रवाह गर्ने उदेश्यले यस कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्