एसइईको रिजल्ट बुधबार : यी हुन रिजल्ट हेर्ने तरिका

एसइईको रिजल्ट बुधबार : यी हुन रिजल्ट हेर्ने तरिका

विराटनगर । बुधबार सार्वजनिक हुने कक्षा १० को एसईई परीक्षाको नतिजा विभिन्न माध्यमबाट प्रकाशित हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

२०७८ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाईट, एसएमएस र आईभिआरको माध्यमबाट प्रकाशित हुने बोर्र्डले जनाएको हो । परीक्षाफल प्रकाशनका निम्त्ति बोर्डले विभिन्न संस्थाहरुलाई छुट्टाछुट्टै सर्टकोड र वेबसाईट प्रयोग गर्न अनुमति दिएको छ । जसअनुसार ३५००१, ३४९४९ र ३१००३ मा सिम्बोल नम्बर पठाएर तथा १६०० मा सिधै फोन गरेर पनि आफ्नो नतिजा थाहा पाउन सकिने बोर्डले जानकारी दिएको छ ।

यस्तै, अनलाईन मार्फत परीक्षाको नतिजा थाहा पाउन www.see.gov.np, neb.gov.np, khalti.com, neemaacademy.com, ekantipur.com, theconnectplus.com, see.edusanjal.comsee.ntc.net.np लगायतका वेबसाईटहरु प्रयोग गर्न सकिने जनाईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्