विराटनगरमा कराँतेका दुई गुरुको ‘हुस’ : आफैं प्रतिरक्षा तालिम, आफैं बलात्कार

विराटनगरमा कराँतेका दुई गुरुको ‘हुस’ : आफैं प्रतिरक्षा तालिम, आफैं बलात्कार

विराटनगर । कराँते र तेक्वान्दोका खेलाडी स्वसुरक्षित हुन्छन् । खेल सिक्दै जाँदा उनीहरुमा आत्माविश्वास बढ्छ र प्रतिरक्षाका लागि तयार हुन्छन् । पछिल्लो समय बलात्कार, जर्बरजस्ती करणी र करणी उद्योगका घटनाले महिलाहरु असुरक्षित भएपछि प्रतिरक्षा तालिमले प्राथमिकतामा पाएको छ । त्यो पनि अभिभावककै ईचछामा महिलालाई कराँत र तेक्वान्दोको प्रशिक्षणमा सहभागी गराइन्छ । यी खेलका प्रशिक्षणका लाई गुरु र प्रशिक्षण लिने चेला हुन्छन् ।

चेलाले गुरुलाई देख्नासाथ शिर निहु¥याएर ‘हुस’ गुरु भन्छन् । निडर देखिने गुरु पनि सम्मान थाप्छन् । तर, विराटनगरमा दुईजना कराँतेका प्रशिक्षकले भने आत्मरक्षाका लागि प्रतिकार गर्ने तालिम दिनुपर्ने ठाउँमा एकजना अबोध किशोरीमाथि जर्बरजस्ती करणी गरेर सम्मानमा पाउने ‘हुस’ गुरुलाई हुस्याएका छन् ।
कराँते मोरङका सहायक प्रशिक्षक तथा मोरङ तालिम विभागको उपनिर्देशक बिनोद राउत र अर्का प्रशिक्षक सुरज सुवेदीले १९ वर्षीया किशोरीलाई काबुमा पारेर पटक–पटक बलात्कार गरेको आरोप लागेपछि उनीहरु प्रहरीको नियन्त्रणमा छन् ।

मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता दिपक श्रेष्ठका अनुसार किशोरीमाथि बारम्बार दोहो¥याइएको घटना अन्तिम पटक असार २८ गते घटेको हो । असह्य भएकी किशोरीले अभिभावकसम्म गुनासो पोखेपछि प्रहरीमा आइतबार जाहेरी परेको हो । जसका आधारमा राउत र सुवेदी नियन्त्रणमा परेका छन् ।
यी दुवै कराँतेमा सिनियर मानिन्छन् । विभिन्न अवरोध पार गर्दै हजारौ महिलालाई प्रशिक्षण दिईसकेकाबाटै एकजना किशोरीले अत्याचार सहनु परेको छ । प्रहरीका अनुसार चार महिना अगाडीबाट आरोपितमध्ये सुरज सुवेदीले किशोरीलाई करणी गर्दै आएका थिए । विराटनगर–३ घर भएका राउत ५१ वर्ष र विराटनगर–४ घर भएका सुवेदी ५० वर्षका हुन् । उनीहरु एकअर्काका घनिष्ठ मित्र पनि हुन् ।

कराँते बाहेक दुवैको भिन्नभिन्न कारोबार छ । उनीहरु सँगै हिड्ने र सँगसँगै रहने गरेका थिए । एक जानकारका अनुसार विभिन्न सामाजिक संस्थामा रहेका राउतको यस अगाडी समेत केहि ‘कम्प्यिन’ सुनिन्थ्यो । तर, आँट नगर्दा बाहिर आएको थिएन ।
प्रहरी नियन्त्रणमा रहेका उनीहरुले किशोरीलाई जर्बरजस्ती करणीपछि चरम यातना समेत दिइएको खुलेको छ । किशोरी बिक्षिप्त भएपछि मात्रै उनले आफ्ना अभिभावकसम्म पीडा पोखेकी हुन् । मदिरामा बेहोस बनाउने औषधी लगाएर बलात्कार गर्ने र भिडिओ बनाएर ‘ब्लाकमेलिङ्ग’ गर्दै आएका थिए ।

प्रहरीले अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । अस्तीसम्म कराँतेका गुरुको ‘हुस’ सम्मान लिएका उनीहरु अदालत परिसरमा हतकडी लगाएका हातसहित शिर निहुँराएको अवस्थामा देखिन्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्