विराटनगर जेसिजको तालिम सप्ताह सम्पन्न

विराटनगर जेसिजको तालिम सप्ताह सम्पन्न

विराटनगर । विराटनगर जेसिजले आयोजना गरेको तालिम सप्ताह सम्पन्न भएको छ ।

विराटनगर महानगरपालिकामा स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई निर्वाचित भएकोमा बधाइ शुभकामना तथा ब्यबस्थित बैठक संचालन विधि तालिम असार ३ गते बाट सुरु भएको तालिम सप्ताह विराटनगर जेसिजका संस्थापक अध्यक्ष राजेन्द्र बहादुर श्रेष्ठको असामाहिक निधन पश्चात् शोक सभा गर्दै केही दिनलाई रोकिएको तालीम सप्ताह पुन: श्रावण ६ गते देखि विभिन्न तालिमहरु गर्दै सफलता पुर्वक सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालयको सहकार्यमा किशोरीहरुलाई आत्मरक्षा तालिम आदर्श मा बि मा सम्पन्न भएको थियो । जेसिजमा आवद्ध हुन चाहने नव आगन्तुक सदस्य, जुनियर जेसिजका सदस्य! विभिन्न विद्यालयका शिक्षक तथा शिक्षिकाहरु लागि विराटनगर जेसिजको सभा हलमा तालीम दिइएको थियो ।

तालिमको प्रशिक्षकहरु विराटनगर जेसिजका पुर्व अध्यक्ष सेवक बजगाइ , जिल्ला प्रहरी कार्यालयका प्रहरी साहयक निरिक्षक अदित राई ,तुलसी प्रसाद दुलाल , नेपाल जेसिजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सुनिल तिम्ल्सिना , युवा अभियानता वसन्त अधिकारी लगायतले विभिन्न बिषयमा तालिम प्रदान गर्नु भएको थियो।

तालिममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला , उपमेयर शिल्पा निराला कार्की , जिल्ला प्रहरी कार्यालय मोरङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोईराला नेपाल जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष फुल कुमार लालवाणी , जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख टंक प्रसाद गौतम , मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल लगायतको उपस्तिथि रहेको थियो ।

तालिम सप्ताह हरेक बर्ष गरिने गरिएको र यस बर्ष विभिन्न बिधाका तालिमहरु गर्दै तालिम सप्ताह सम्पन्न गरिएको विराटनगर जेसिजका तालिम निर्देशक प्रबेश दुलालले जानकारी दिनुभयो ।

त्यस्तै समाजसँग जेसिजलाई जोड्ने अभियान स्वरुप यस बर्ष स्वर्ण बर्ष मनाइरहेको विराटनगर जेसिजले काम गरि रहेको र आगमी दिनमा समेत अझ बढी तालिम लगायतका क्षेत्रमा ध्यान दिदै हरेक समुदायका युवाहरुलाई जेसिज प्रति आकर्षित गर्दै जिम्मेवार युवा उत्पादन गर्ने कारखानाका रुपमा जेसिजलाई अघि बढाउने विराटनगर जेसिजका अध्यक्ष देवचन्द्र घिमिरेले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्