ओवी फ्लोअप समाचार: बालविवाह गर्ने विरुद्ध जर्बरजस्ती करणीमा मुद्धा दर्ता

ओवी फ्लोअप समाचार: बालविवाह गर्ने विरुद्ध जर्बरजस्ती करणीमा मुद्धा दर्ता

विराटनगर । मोरङको बुढीगंगाकी १४ बर्षिया बालिकालाई ललाई फकाई विवाह गर्ने विरुद्ध एक किशोरलाई जर्बरजस्ती करणीमा मुद्धा दर्ता भएको छ ।

विराटनगर-१६ दरैयाबस्तीका एक युवाले १४ वर्षीया बालिकालाई ललाई–फकाई विवाह गरेको आरोपमा मोरङ प्रहरीले आईतबार नियन्त्रणमा लिएको थियो ।
मोरङको बुढीगंगा २ की १४ बर्षिया बालिकालाई भगाएर केटीको आमाबुबाको ईच्छा विपरीत भगाएर विवाह गरेपछि केटीपक्षले जिल्ला प्रहरी कार्यालय मोरङमा सोमबार मुद्धा दर्ता गराएको थिए ।

विराटनगर १६ का २१ वर्षीय विक्कु रायलाई मोरङ प्रहरीले सोमबार म्याद थप गरी अनुसन्धानलाई अगाडी बढाएको मोरङ प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिनुभयो । रायले गत शुक्रबार घरमा कोही नभएको मौका छोपेर बालिकासँग विवाह गर्ने मनसायमा भगाएका थिए ।

विवाह गर्ने उमेर नपुगी छोरीलाई भगाएको थाहा पाएपछी किशोरीका आफन्तले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडित परिवारको उजुरीका आधारमा आरोपितलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अगाडी बढाएको छ ।
मोरङ प्रहरीका प्रवत्ता दिपक श्रेष्ठका अनुसार केटीको उमेर १४ बर्ष मात्रै भएका कारण कानुनी प्रकृयामा गएर अनुसन्धान थालिएको बताउनुभयो ।

किशोरीकी आमाले केटा पक्ष विरुद्ध जाहेरी दिएपछि कारबाही अगाडी बढाइएको प्रवक्ता श्रेष्ठको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्