विराटनगरको पुष्पलाल चोकमा “जक्सन हाइट क्याफे” भेटघाटको गन्तव्य बन्दै

विराटनगरको पुष्पलाल चोकमा “जक्सन हाइट क्याफे” भेटघाटको गन्तव्य बन्दै

विराटनगर । विराटनगर वडा नम्बर १ मा रहेको "जक्सन हाइट क्याफे" ले फरक स्वाद र वातावरणमा आफ्नो सेवा संचालन गर्दै आएको छ । पुष्पलाल मार्गमा रहेको उक्त क्याफेमा बिरयानी , माछाका बिभिन्न परिकार निकै लोकप्रिय रहेका छन् ।

युवादेखि बृद्ध सबै उमेको समुहको लागि खाना तथा रमाइलो वातावरणमा उक्त क्याफे संचालन गर्दै आएको क्याफेकि संचालन संजु दाहालले जानकारी दिईन । क्याफेमा बिभिन्न परिकारका बेकरी तथा चिया/कफी पनि उपलब्द रहेको छ । युवामाझ जन्मदिन , साना पार्टी लगायतको लागि उक्त क्याफे लोकप्रिय रहेको संचालिका दाहालको भनाइ छ ।

क्याफेमा अझ खानेकुराको परिकार थप गर्दै लाग्ने आगामी योजना सहित अगाडी बढेको उनले जानकारी दिईन । सस्तोमा गुणस्तर र स्वादिलो खानेकुरा सहित उक्त क्याफे  संचालनमा ल्याइएको संचालिका दाहालले बताइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्