अभिभावकको स्वयं ‘इगो’ले हिजोआज युवाहरु विदेश जान बाध्य

अभिभावकको स्वयं ‘इगो’ले हिजोआज युवाहरु विदेश जान बाध्य

विराटनगर । पेशागत हिसाबले म एक कलेजमा अध्यापन गराउँछु । एकदिन शुक्रबार, आज चाँहि हाम्रा विद्यार्थीहरुले आफ्नो भविष्यको रेखाचित्र कसरी चित्रण गरेका छन । भविष्यको सपना कसरी बुनेका रहेछन भनेर प्रत्येक जनालाई पालै पालो उठाएर सोधे, एक जनाको उत्तर गम्भीर र नौलो लागेर म अडिए‌ । उत्तर थियो, सर मलाइ नेपाल मै केहि गरौ जस्तो लागेको थियो, यहि माटोमा सेवा गरौ लागेको थियो तर बिहान बेलुका नै , छोरा तैंले ंप्लस टु सकेपछि विदेश जानुपर्छ भनेर यहि मात्र कुरा हुन्छ । मैंले वहाँहरुको इच्छाको‌ लागि विदेश जानुपर्ने छ । मलाइ नेपालमा नै आफ्नो परिचय र समाजमा नै केहि गर्नुछ तर कास यो सपना मेरो पुग्ला जस्तो छैन। मैंले अभिभावकको लागि भए पनि विदेश जानुछ ।

हिजोआज समाजमा यी र यस्ता खालका पारिवारिक दवाबले पनि समाजका कर्णधार युवाहरु विक्षिप्त बनेका छन । विदेशलाइ नै स्वर्ग ठानि देशमा भविष्य उज्वल हुन्छ भनेर सपना देखाउने अभिभावकहरु नै हिजोआज बाधक बन्दै गएका छन् । यस्ता निर्णय प्रति आफ्नै सकारात्मक र नकारात्मक सोच र अभिब्यक्तिका उपज हुन सक्छन् । कमसेकम, तपाइ हाम्रा नानीहरूलाइ सङ्घर्ष जीवन कस्तो छ ? रु १ को मूल्य कमाउन कति पापड बेल्नुपर्छ त्यो चाहि स्वेदेशमा सिकाउनु जरुरी छ कि नाइ । सिधै, विदेशको‌ नाममा खाल्डोमा ‌हालिदिने । उठान गर्न खोजिएको बाध्यताले पलायन हुनुभन्दा पनि समाजको गलत रुडिवादि , मेरो छोरा–छोरी त फलानो देशमा छ भनेर लगाउने ‘फुँइर्’को गलत धारणाको विकास मौलाउदै गएको प्रति खबरदारी हो । के विदेश पैसाको रुपैयाँ फल्ने शहर होर,जहाँ तपाइ हाम्रा छोराछोरी कहिले आइदिन्छन र टिपुन भनेर फुलिरहेको छ ? के, तपाईले सामाजिक सन्जालमा देखेका समुन्द्र किनारमा खिचिएका शेल्फि मात्रको देश होर विदेश ?

एक अध्ययनले देखाएको छ, सयौं युवाहरु विदेशका ताता गल्लिहरुमा रोजगारी, भोक तथा पारिवारिक दवाबले विक्षिप्त भएर डिप्रेसनको सिकार बन्नुपरेको छ । उच्च शिक्षाको नाममा विदेशमा धकलेर रात दिन काम गर्न लगाउन किन हाम्रो समाजका अभिभावक लागिपर्नु भएको छ ‌? साच्चै, उच्च शिक्षाको लागि नै पठाउने निधो गर्नुभएको हो भने, पुरा समय पढ,‌खर्चको ब्यबस्था नेपाल बाट हुनेछ अनि उत्कृष्ट डिग्री लिएर आउ तिम्रो पुरा समय केवल पढाइको लागि मात्र ‌होस् चाँहि‌‌ तपाइँ हामी अभिभावकले किन भन्न नसके को ? कलेजमा अध्ययन को समय केवल कानुनी रुपमा आवश्यक क्रेडिट समय देखि हाम्रो एक दिन पनि बढि पाइएको चाहि खासै सुनिदैन पनि । त्यहा, पढ्नको लागि होइन विद्यार्थी भिषाको कारण कलेज जाने गरिन्छ। यसको मुख्य कारण के तपाई हामी अभिभावक हो कि होइन ?

आत्मनिर्भरको नाममा घरबाट चोक एक्लै निस्कन सक्दैन भन्ने छोरारछोरी थाहा हुदा हुदै पछि विदेशमा कति बिजोग सहनुपर्ने र खप्नुपर्ने हुन सक्छ भन्ने हेक्का चाहि हामी अभिभावकले चाहि किन नराखेकोरु फेरि विदेश नै जानु हुँदैन भन्ने पक्षमा नि मेरो विचार होइन । विदेश नै पठाउने भए, केहि सिप सिकाएर पठाए भोलि आत्मनिर्भर बन्न सहयोग मिल्छ कि भन्ने सोचेको विकास हामीमा किन जागृति हुन नसकेको । त्यसैगरी, धेरै विद्यार्थीहरु विदेशमा अनुकुल हुन नसकेर गारो महसुस भएको दुखेसो पोख्दा त्यत्रो लगानि छ, अहिले किन फर्कने भनेर बस्न बाध्य बनाइन्छ । जसबाट अप्रिय घटनाहरुका खबर सुन्ने गरिन्छ। त्यस्तो खबरदारी उठान गर्न खोजिएको मात्र हो ।

नेपालीहरु जाने धेरै देशहरू मध्ये अष्ट्रेलिया पनि हो, हाल अष्ट्रेलिया देशले पनि डिप्लोमा कोर्षमा जाने युवाहरुको भिसा रिजेक्ट गरेको सुन्छु ,स्वागत योग्य निर्णय लाग्छ । एसईई वा प्लस छु सकेपछि भन्दा स्नातक सकेर स्नाकोत्तर वा पिएचडीको कोर्षहरु मा उच्च दक्षता हासिल नै गर्न पठाइयो भने पनि ति युवाहरु परिपक्व र एक लेभलको क्षमता बिकास गरिसक्थे‌ र त्यहाँ जीवन जीउन सजिलो हुने थियो कि ? अनि पछि नेपाल मै आएर नयाँ टेक्नोलोजी, नया सोचबाट समाजमा उध्यमशीलता बिकास गरि सम्बृद्धि देशको कल्पना मा कोशेढुंगा सावित हुने थियो कि ?

फलानो को छोरा–छोरी विदेशमा छन् मेरो चाँहि किन नेपालमा बस्ने, भन्ने ब्यक्तिगत हठको सोच हिजोआज मौलाउदै गएको सस्कृतिको अन्त्य भइ सोदेशमा नि उद्यमशीलता विकास गरि सम्बृद्धि नेपालको परिकल्पना निमार्ण होस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्