विराटनगर १६ बाट ५ लाख भन्दा बढीको समान बरामद

विराटनगर १६ बाट ५ लाख भन्दा बढीको समान बरामद

विराटनगर । विराटनगर महानगरपालिका-१६ दरैया स्थितबाट अवैध लत्ताकपडा र खाधान्न प्रहरीले बरामद गरेको छ ।

मंगलबार बेलुका करिब ७:३० बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अवैधरुपमा भन्सार छली गरी नेपाल तर्फ आउदै गरेको मे.१च २२८६ नम्वरको मारुती भेनमा करिव ५ लाख १३ हजार ७ सय मुल्य बरावरको बिभिन्न किसिमका लत्ताकपडा र खाधान्य सहित नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर-१५ स्थित रानी बस पार्कबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको ७६ बजार ९ सय बरावरको खाधान्न र बिभिन्न किसिमका कपडा बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्