विराटनगरको विकासमा चासो बढाउँदै मेयर कोइराला

विराटनगरको विकासमा चासो बढाउँदै मेयर कोइराला

विराटनगर । निर्वाचनको समयमा मेयरका उमेदवार बनेका नागेश कोइरालाको नाममा एउटा चर्चा सुनिन्थ्यो । त्यो हो, जितेर पनि केहि गर्न नसक्लान् । निर्वाचन अवधीभर मात्र हैन निर्वाचित भएपछि पनि विराटनगरको विकासमा खासै ध्यान नपुग्ला भन्ने चिन्ता मेयरसँग जोडेर गरिन्थ्यो । तर, विराटनगरका मेयर नागेश कोइराला पछिल्लो समय विकासमा एकाएक चासो राखेर दौडन थालेका छन् ।

उनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडु मंगलबार विराटनगरमा आउँदा दुई मुद्दालाई जर्बरजस्ती कार्यन्वयन गर्नुपर्नेमा जोड दिए । मन्त्रीसँग उनको आग्रह थियो–औद्योगिक प्रदर्शनीस्थल निर्माण र आईसीपीसम्म कार्गोरेल ल्याउने विषयमा गम्भीर बनिदिनु परो ।
उद्योगी–व्यवसायीले उठाउँदै आएको यो मुद्दा स्थापित गर्न मेयर कोइरालाले गाडीमा बसिसकेका मन्त्री बडुलाई पुनः भने विराटनगरका लागि यी दुई विषयमा गम्भीर बनिदिनु होस् ।

विराटनगरमा औद्योगिक तथा व्यापारिक प्रदर्शनीस्थल अभाव रहेको भन्दै उद्योगी–व्यवसायीले पनि यो मुद्दालाई लामो समयदेखि उठाउँदै आएका छन् । अर्को मुद्दा अहिले आईसीपीसम्म कार्गो रेल ल्याउने छ । त्यसलाई सार्थकता दिन संघीय सरकारले भारतसँग पहल गर्नुपर्ने हुन्छ । विभागिय मन्त्री आएका बखत मेयर कोइरालाले निर्माण सम्पन्न भएको दुरीमा कार्गो रेल ल्याउने विषयलाई प्राथमिकता दिनुपर्ने माग जोडदार राखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्