विराटनगरका गायक नितिन गजुरेलको नयाँ गीत ‘जिन्दगीमा’ सार्वजनिक

विराटनगरका गायक नितिन गजुरेलको नयाँ गीत ‘जिन्दगीमा’ सार्वजनिक

विराटनगर । लोकप्रिय गायक नितिन गजुरेलको नयाँ गीत ‘जिन्दगीमा’ सार्वजनिक भएको छ । रोमान्टिक शैलीमा तयार पारिएको गीत गायनमा नितिनलाई गायिका अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छन् ।

मुनाल शिशिर कोइरालाको शब्द तथा राजेश थापाको संगीत रहेको गीतको भिडियोमा भने बलात्कारविरुद्धको सन्देश समेटिएको छ । भिडियोमा बलात्कार जघन्य अपराध हो । बलात्कृत नारीले आत्मसम्मान र स्वाभिमानका साथ जिउन पाउनुपर्छ भनिएको छ । बलात्कारको पिडा बलात्कारीले नभएर स्वयं बलात्कृत नारीले भोग्छे भनेर समेत देखाउन खोजिएको भिडियोमा विजु पार्की र सुनिशा बजाजको मुख्य अभिनय रहेको छ ।

भिडियोले कथा मार्फत सबैले बलात्कृत महिलालाई हेर्ने आफ्नो सोच बदल्न सक्यो भने समाज आफै बदलिन्छ भनेर बुझाउन खोजिएको छ । सफल मोसन पिक्सचरले निर्माण गरेको भिडियोमा उत्सव दाहालको छायांकन रहेको भिडियो विष्णु खड्काले सम्पादन गरेका छन् । भिडियोका निर्देशन मुनाल शिशिर कोइरालाले गरेका हुन् । गीत तथा भिडियो बलात्कारको बिषयमा सामाजिक सन्देश दिन निर्माण गरेको गायक नितिनले बताए । गीतले समाजमा बलात्कारको बिषयमा चेतनाको विस्तार गर्ने विश्वास आफूले लिएको नितिनले सुनाए ।

‘ओएसआर डिजीटल’ युट्युब च्यानल मार्फत उक्त गीत सार्वजनिक भएको हो ।

निर्माण समूहले भिडियो हेरेर प्रतिक्रिया दिन दर्शकसँग आग्रह गरेको छ ।

भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्