एसईईकाे नतिजा सार्वजनिक हुँदै: यी हुन रिजल्ट हेर्ने तरिका

एसईईकाे नतिजा सार्वजनिक हुँदै: यी हुन रिजल्ट हेर्ने तरिका

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा अहिले सार्वजनिक हुँदैछ । एसइईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभयो । बुधबार दिउँसो तीन बजे सार्वजनिक हुन्छ भनिए पनि नतिजा सार्वजनिक गर्न केही ढिलाई भएको छ ।

शिक्षाका कर्मचारीदेखि उत्तरपुस्तिका परीक्षणको जिम्मेवारी पाएका शिक्षक- शिक्षिका निर्वाचनमा खटिएकाले परीक्षणमा केही ढिला भएकाले नतिजा सार्वजनिक गर्न समय लागेको उहाँले बताउनुभयो। कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो।

परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएको नियन्त्रक रायमाझीले जानकारी दिनुभयो।

यसरी थाहा पाउनुस् नतिजा

२०७८ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाईट, एसएमएस र आईभिआरको माध्यमबाट प्रकाशित हुने बोर्र्डले जनाएको हो । परीक्षाफल प्रकाशनका निम्त्ति बोर्डले विभिन्न संस्थाहरुलाई छुट्टाछुट्टै सर्टकोड र वेबसाईट प्रयोग गर्न अनुमति दिएको छ । जसअनुसार ३५००१, ३४९४९३१००३ मा सिम्बोल नम्बर पठाएर तथा १६०० मा सिधै फोन गरेर पनि आफ्नो नतिजा थाहा पाउन सकिने बोर्डले जानकारी दिएको छ ।

यस्तै, अनलाईन मार्फत परीक्षाको नतिजा थाहा पाउन www.see.gov.np, neb.gov.np, khalti.com, neemaacademy.com, ekantipur.com, theconnectplus.com, see.edusanjal.comsee.ntc.net.np लगायतका वेबसाईटहरु प्रयोग गर्न सकिने जनाईएको छ ।

यसपटकको नतिजामा नन ग्रेडिङको व्यवस्था गरिएको छ। ग्रेडिङ प्रणालीले सिकाइको गुणस्तर खस्किँदै गएपछि मन्त्रालयले विद्यालय तहमा न्यूनतम अङ्क ल्याउनुपर्ने व्यवस्थामा जोड दिएको हो। गोरखापत्र अनलाइनबाट

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्