एसईईकाे नतिजा सार्वजनिक : यसरी हेर्नुहोस् नतिजा

एसईईकाे नतिजा सार्वजनिक : यसरी हेर्नुहोस् नतिजा

 विराटनगर।  राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ ।

कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो।

परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएका थिए।

यसरी हेर्नुहोस् नतिजा

२०७८ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाईट, एसएमएस र आईभिआरको माध्यमबाट प्रकाशित हुने बोर्र्डले जनाएको हो । परीक्षाफल प्रकाशनका निम्त्ति बोर्डले विभिन्न संस्थाहरुलाई छुट्टाछुट्टै सर्टकोड र वेबसाईट प्रयोग गर्न अनुमति दिएको छ । जसअनुसार ३५००१, ३४९४९३१००३ मा सिम्बोल नम्बर पठाएर तथा १६०० मा सिधै फोन गरेर पनि आफ्नो नतिजा थाहा पाउन सकिने बोर्डले जानकारी दिएको छ ।

यस्तै, अनलाईन मार्फत परीक्षाको नतिजा थाहा पाउन www.see.gov.np, neb.gov.np, khalti.com, neemaacademy.com, ekantipur.com, theconnectplus.com, see.edusanjal.comsee.ntc.net.np लगायतका वेबसाईटहरु प्रयोग गर्न सकिने जनाईएको छ ।

यसपटकको नतिजामा नन ग्रेडिङको व्यवस्था गरिएको छ। ग्रेडिङ प्रणालीले सिकाइको गुणस्तर खस्किँदै गएपछि मन्त्रालयले विद्यालय तहमा न्यूनतम अङ्क ल्याउनुपर्ने व्यवस्थामा जोड दिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्