विराटनगरको आर्या न्यूरोमा ‘ब्रेन हेमरेजको’ सफल शल्यक्रिया

विराटनगरको आर्या न्यूरोमा ‘ब्रेन हेमरेजको’ सफल शल्यक्रिया

विराटनगर । विराटनगर – ३ कंन्चनबारीमा रहेको आर्या न्यूरो हस्पिटलमा एक जना विरामीको फिस्टुलाको कारण भएको जटिल प्रकृतिका ‘ब्रेन हेमरेजको’ सफल शल्यक्रिया भएको छ ।

मोरङको सुन्दरहरैँचा नगरपालिका– १० बेलेपुर घर भएका ४८ वर्षीय विनोद कुमार साहको ब्रेन हेमरेजको सफल शल्यक्रिया भएको हो । अस्पतालका वरिष्ठ न्यूरो सर्जन तथा प्रबन्धक निर्देशक डा. पंकजराज नेपालले साहको ब्रेन हेमरेजको सफल शल्यक्रिया गरेका छन् । गत २६ साउनमा टाउँको दुखेपछि साह बेहोस भएका थिए । ‘१० मिनेट जतिबेहोस भएपछि रगत नै वान्ता पनि गर्नुभयो । हामीले आत्तिएर विराटनगरको विराट टिचिङ्ग हस्पिटलमा लिएर गयौं । त्यहाँ २४ घण्टा आइसियूमा विरामी राख्नुपर्ने बताएपछि हामीले त्यहाँबाट आर्या न्युरो हस्पिटलमा लिएर आएका थियौं,’ श्रीमती सुनिता साहले भनिन्, ‘आर्या न्यूरोमा ल्याएपछि वरिष्ठ न्यूरो सर्जन डा. पंकजराज नेपालले विरामी हेरेपछि अप्रेशन गरिनुपर्ने सुझाव दिनुभयो । हामीले मन्जुरी दिएपछि अप्रेसन सफल पनि भयो ।’

डा. नेपालको टिमले पाँच घण्टा लगाएर साहको सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । ‘साहको ठाउँकोमा रगतको नशा गुजुल्टिएर बसेको थियो । त्यसलाई मेडिकल भाषामा एभी फिस्टुला अर्थात बुझ्ने भाषामा रगतको नशा गुजुल्टीएको भन्न सकिन्छ । यो रगतको नली फुटेपछि ब्रेन हेमरेजहुने हो,’ न्यूरो सर्जन डा. नेपालले भने, ‘पाँच घण्टा लगाएर विरामीको शल्यक्रिया गरेपछि हामीले करिब एक सेन्टीमिटर लामो गुजुल्टीएको नशा शल्यक्रिया गरि निकालेका थियौं ।’ अहिले विरामीको स्वास्थ्य अवस्था पूर्ण रूपमा ठिक भएपछि बुधबार डिस्चार्ज गरेको डा. नेपालले बताए ।

१६ दिन हस्पिटल राखेपछि साहलाई बुधबार डिस्चार्ज दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्