सातजना स्टार्टअपले लिए ‘ग्राजुएशन’, दोस्रो ब्याचका लागि आवेदन खुलाईयो

सातजना स्टार्टअपले लिए ‘ग्राजुएशन’, दोस्रो ब्याचका लागि आवेदन खुलाईयो

विराटनगर । उद्योग संगठन मोरङले गतवर्ष सुरु गरेको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम अन्तर्गत पहिलो ब्याचका सातजना ‘ग्राजुएशन’ मा भाग लिइएका छन् । उनीहरु एकवर्षको अवधीमा उद्यमशील बनेका हुन् ।
उद्योग संगठन मोरङले एकवर्षसम्म २० वटा स्टार्टअप व्यवसायहरुलाई निःशुल्करुपमा व्यवसायीक योजना तर्जुमा, मार्गदर्शन एवं परामर्श, अनुसन्धान र प्रयोगशाला परिक्षण सहजीकरण, सञ्जालीकरण र अन्तरक्रिया, व्यवसाय दर्ता, कानूनी एवं प्रशासनिक परामर्श, वित्तिय पहुँचका लागि लगानीकर्ता तथा वैंक एवं वित्तिय संस्थाहरु समक्ष समन्वय तथा सहजीकरण गरेर उद्यमशील बनाएको हो ।

स्र्टाटअपहरुलाई व्यवसायिक योजना अनुरुप आवश्यक पर्ने प्राविधिक बिषयहरुमा मेन्टरसिप, कोचिङ तथा परामर्श सेवा, नेटवर्क विस्तारका साथै बुट क्याम्पको आयोजना गरिएको थियो । जस अन्तरगत बिजनेश क्यानभास मोडेल, बिजनेश हेल्थ चेक अप, उपभोक्तासंग साक्षात्कार गराउन हाटबजार एवं विभिन्न बिषयगत कार्यक्रमहरु आयोजना गरि परामर्श सेवा उपलब्ध गराइएको थियो ।
त्यसरी वर्षभरी गरिएको सहजीकरणबाट पहिलो व्याचमा सहभागि १९ स्र्टाटअपहरु मध्ये ७ जनाले बुधबार ग्राजुएशन सेरेमोनिमा भाग लिएका छन् । पहिलो बर्षको अनुभवहरुबाट सिक्दै थप प्रभावकारीरुपमा चालु वषका लागि थप २० जना स्टार्टअपका लागि प्रस्ताव समेत आह्वान गरिएको उद्योग संगठन मोरङ स्टार्टअप समितिका संयोजक सुरेन्द्र गोल्छाले जानकारी दिएका छन् ।

कार्यक्रम कार्यान्वयनका लागी प्रदेश सरकार उद्योग श्रम तथा रोजगार मन्त्रालय, बिराटनगर महानगरपालिका, स्विस कन्ट्याक्ट, आसामान नेपाल, पूर्वाञ्चल विश्व विद्यालय, अन्तरप्रेरणा प्रा.लि, नबिल बैंक लिमिटेड, नेपाल युवा उद्यमी मञ्च लगायतका संस्थाहरुसंगको सहकार्य गरिएको छ गोल्छाले बताउनुभयो ।
एकवर्ष अवधी रहने दोस्रो ब्याचको कार्यक्रममा प्रदेश नं १ भित्रका नविन व्यवसायीक अवधारणा भएका तथा स्तरोन्नतीको सम्भावना भएका बढिमा (२ बर्ष अघि देखि सञ्चालनमा रहेका) शुरुवाती अवस्थाका नविन उद्यमहरु सहभागि हुन सक्नेछन । यो कार्यक्रमले नविन व्यवसायीक अवधारणा, स्तरोन्नती तथा अनुशरण गर्ने सम्भावना भएका, चालु उद्योग व्यवसायको अग्र वा पृष्ठ सम्बन्ध कायम हुने वा हुन सक्ने सम्भावना भएका, महिला उद्यमीहरु, बैदेशिक रोजगारीबाट फर्केका युवाहरुको आइडियालाई बिशेष ग्राह्यता दिईने गरि प्राथमिकता निर्धारण गरिएको छ ।

नयाँ प्रस्ताव पेश गर्ने निवेदकलाई आगामी भदौ १० गतेसम्मका लागि समय तोकिएको छ । ईच्छकुले अनलाईन आवेदन आजैका मितिबाट दिनेसक्नेछन् । कार्यक्रम सम्बन्धी बिष्तृत जानकारी सहित अनलाइन आवेदन फारम संगठनको वेवासाइट  www.cim.org.np बाट सहज उपलब्ध राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्