लायन्स क्लब अफ विराटनगर पाथिभराले गर्‍यो श्रावण उत्सव कार्यक्रम

लायन्स क्लब अफ विराटनगर पाथिभराले गर्‍यो श्रावण उत्सव कार्यक्रम

विराटनगर । लायन्स क्लब अफ विराटनगर पाथिभराले श्रावण उत्सव कार्यक्रम सम्पन्न गरेको छ ।

महिलाहरुका लागि महत्वपूर्ण मानिने श्रावण महिनालाई क्लबले उत्सवको रुपमा मनाउन कार्यक्रमको आयोजना गरेको थियो । क्लबका सदस्य र एबिसी नेपालमा आश्रित किशोरीहरुको सहभागितामा उक्त उत्सव मनाईएको क्लबकी अध्यक्ष एकता थापा सुवेदीले बताईन । उत्सवमा मेहेन्दी लगाईदिनुका साथै संस्थाका किशोरीहरुलाई विभिन्न रङका चुरा र नेलपोलिस समेत वितरण गरिएको उनीले जानकारी दिईन ।

कार्यक्रममा भने महिला बिशेषज्ञ मीना ढुङ्गेल, एमजेएफ अनुजा अर्जेल कोईराला, एबीसी नेपालकी प्रदेश प्रमुख विष्णु पन्त आचार्य र सदस्य गीताञ्जली शर्मा लगायतको सहभागिता रहेको थियो ।

क्लब भने यसअघि पनि विराटनगर-३ स्थित वडा कार्यालयको भवन अगाडि वृक्षरोपण समेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्