अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउनुहुँदै

<span class='c1'>अमेरिकी सहायक विदेशमन्त्री</span> <span class='c2'>लु नेपाल आउनुहुँदै</span>

काठमाडौं । संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार नेपाल आउँदै हुनुहुन्छ । सहायक विदेशमन्त्री लु आज साँझ काठमाडौं आइपुग्नुहुने नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

यसअघि पनि गत मङ्सिरमा नेपालको भ्रमण गरिसक्नुभएका उहाँ दुई दिनसम्म नेपालमा रहनुहुने र विभिन्न भेटवार्ता तथा कार्यक्रममा सहभागी हुनुहुने स्रोतले जनाएको छ ।

सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्नुका साथै काठमाडौंमा हुने एक अवार्ड वितरण कार्यक्रममा सहभागी हुनुहुने बुझिएको छ । रासस

फोटो : फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्