विराटनगरबाट लागुऔषध सहित एक जना पक्राउ

विराटनगरबाट लागुऔषध सहित एक जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट लागुऔषध सहित एक जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका ८ का ४० बर्षीय सन्तोष मानन्धर रहेका छन् । बिहिबार दिउँसो करिब साढे ३ बजे लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेका मानन्धरलाई नाईट्रोसन ५० ट्याब्लेट सहित पक्राउ गरिएको हो ।

पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्