बुढीगंगा गाँउपालिकाबाट हरिणको सिङ सहित एक जना पक्राउ

बुढीगंगा गाँउपालिकाबाट हरिणको सिङ सहित एक जना पक्राउ

विराटनगर । मोरङको बुढीगंगा गाँउपालिका १ गोकुवा बस्ने ४६ बर्षीय संखर ऋषिदेवलाई हरिणको सिङ सहित पक्राउ गरिएको छ ।

बिशेष सुचनाको आधारमा बिहिबार राती करिब १० बजे ईलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरी टोलीले उनको घरबाट हरिणको २ थान सिङ बरामद गरेको हो । अबैध हरिणको सिङ बरामद भए पश्चात ऋषिदेवलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्