निजी विद्यालयका शिक्षकलाई पाठ्यक्रम सम्बन्धी तालिम सुरू

निजी विद्यालयका शिक्षकलाई पाठ्यक्रम सम्बन्धी तालिम सुरू

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा शिक्षकहरूलाई दुई दिने नयाँ पाठ्यक्रम सम्बन्धी तालिम सुरू भएको छ ।

विराटनगरमा शुक्रबार एक कार्यक्रम आयोजना गरी नयाँ पाठ्यक्रम (कक्षा ४, ७, र ९ ) प्रबोधीकरण सम्बन्धी दुई दिने तालिम सुरू भएको हो ।
तालिममा नेपाली, गणित, अंग्रेजी र विज्ञान बिषय पढाउने शिक्षकहरूको सहभागी रहेको छ । नयाँ पाठयक्रमको प्रबोधिकरण गराउने उद्देश्यले तालिम आयोजना गरिएको प्याब्सन मोरङकी अध्यक्ष शीतला सुब्बाले जानकारी दिइन् । दुई दिनसम्म संचालन हुने तालिमको सहजीकरण विज्ञान विषयमा लिलाकान्त बन्जारा, गणीतका टंक प्रसाद न्यौपाने, अंग्रेजीका इन्द्र चौहान र नेपाली विषयका प्रभात नेपालले गर्ने छन् ।

दुई दिने सम्म संचालन हुने तालिममा ३३ निजी विद्यालयका ६६ जना शिक्षकहरूको सहभागिता रहेको प्याब्सन मोरङको कोषाध्यक्ष बिष्णु डंगोलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्