भारततर्फ लैजान लागेको ६ बोरा गाँजा विराटनगरबाट पक्राउ

भारततर्फ लैजान लागेको ६ बोरा गाँजा विराटनगरबाट पक्राउ

विराटनगर । बन्दाकोभी बोकेको ट्रकमा लुकाएर भारततर्फ लैजाने तयारीमा रहेको १५६ केजी गाँजा प्रहरीले विराटनगर–१५ को दुई नम्बर ढाटदेखि पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीले शुक्रबार राती साढे १० बजे प्र १–०२–००१ ख ८६७७ नम्बरको मिनी ट्रकलाई चेकजाँच गर्दा ६ बोरा गाँजा फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार धनकुटाको शहिदभूमि गाँउपालिका–३ छिन्ताङका २९ वर्षीय विवेक राई चालक रहेको ट्रकमा ४६ बोरा बन्दाकोभी लोड गरिएको थियो । गाडीमा बन्दाकोभीका बोराले किचेर ६ बोरा गाँजा समेत भारततर्फ तस्करी गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिइएको हो ।

प्रहरीले चेकजाँचपछि गाँजा भेटिएको मिनिट्रक, चालकसहित सम्पूर्ण सामान नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । इलाका प्रहरी कार्यालय रानीले चालक राईसँग गाँजा, विषयमा थप अनुसन्धान सुरु गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्