विराटनगरबाट नयाँ लाईसेन्सको साउन १५ बायोमेट्रिक १६ गते प्रयोगात्मक परीक्षा

विराटनगरबाट नयाँ लाईसेन्सको साउन १५ बायोमेट्रिक १६ गते प्रयोगात्मक परीक्षा

प्रेम देवान
विराटनगर । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) प्राप्त गर्नेको लागि विराटनगरवासीले लामो समय ईटहरी धाउनुपर्ने वाध्यता अन्त्य भएको छ । सवारी साधन छ तर सवारी अनुमतिपत्र छैन जसले गर्दा विराटनगरवासी ट्राफिक प्रहरीको हैरानी खेप्न वाध्य हुने गरेका थिए ।
तर, अब प्रदेश १ को राजधानी विराटनगरबाट नै सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) लिन सकिने व्यावस्था भएपछि यतिखेर विराटनगरवासी हर्षित छन् । यातायात व्यवस्था कार्यालय विराटनगरले गत साउन ११ गते बुधबार बेलुकादेखी अनलाईन फारम खुलाईसकेको छ ।

विराटनगरबाट सवारी चालक अनुमतिपत्रको लिखित र प्रयोगात्मक परीक्षा सेवा संचालनमा आएसंगै २ दिनभित्र एक हजार ३१४ जनाले फारम भरिसकेको यातायात व्यवस्था कार्यालय विराटनगरका प्रमुख अनमोलमणी भट्टराईले बताउनुभयो ।
प्रदेश १ मा इटहरीमा मात्रै रहेको सेवा विर्तामोड, इलाम, धनकुटा, उदयपुर र अब विराटनगरबाट ट्रायल दिने व्यवस्था भएसंगै आगामी साउन २५ गते सम्मका लागी प्याक भईसकेको भट्ट्राईले बताउनुभयो । उहाँका अनुसार दैनिकी मोटरसाईकलका १००, स्कुटर ४०, कार, जिप र भेन ५०, ट्याक्टर १५ वटा त्यसैगरी ट्याम्पो सिटी सफारी गरी २१५ वटा दैनिक अनलाईन कोटाको फारम खोलिएको छ ।
यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय मातहत रहेको यातायात व्यवस्था सेवा कार्यालय, विराटनगरसँग सवारी चालक अनुमतिपत्र जारी गर्नको लागी प्रयोगात्मक परीक्षा ( ट्रायल सेन्टर) सो कार्यलयको स्वामित्वमा नरहेका कारण मापदण्ड पुगेका निजि सवारी चालक प्रशिक्षण केन्द्रलाई आह्वान गरेको थियो ।

१५ दिने सुचना निकालेर गरेको टेन्डर आह्वानमा विराटनगरका आधा दर्जन बढीले कार्यलयमा टेन्डरको हाले । कार्यलयले जसले मापदण्ड पुरा गरेको छ तर कम भाँडा लिने ट्राईल सेन्टरसँग काम गर्ने भनेर पर्खेर बसेको थियो ।
विराटनगरको निजी ट्रायल सेन्टरले निःशुल्क रुपमा नै सवारी चालक अनुमतिपत्रको लागि प्रयोगात्मक परीक्षासँंगै ट्रायलसेन्टर दिने भएको छ । यसका लागि विराटनगर ३ मा रहेको पाथीभरा ड्राईभिङ स्कुलले निशुल्क रुपमा सेवा प्रदान गर्नको लागि स्थान उपलब्ध गराएको कार्यालय प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

प्रदेश १ यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयबाट खटिएका ईन्जिनियरले दिएको प्रतिवेदनको आाधारमा पाथीभरा ड्राईभिङ स्कुलको सरकारले तोकेको मापदण्ड पुरा भएका कारण यातायात व्यावस्थाको मातहतमा नै रहनेगरी सो ट्रायल सेन्टरसँग सम्झौता भएको भट्टराईले बताउनभयो ।

यातायता कार्यालय विराटनगरले गत साउन ११ गते देखी फारम भरेका सेवाग्राहीलाई साउन १५ गते बायोमेट्रिक , राजस्व र मेडिकल गर्दैछ । त्यसको भोलीपल्टदेखी प्रयोगात्मक परीक्षा गर्नेभएको छ । यता सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को लागी ट्राईल सेन्टरको लागी पूर्ण रुपमा तयारीमा रहेको निशुल्क उपलब्ध गराएका पाथिभरा ड्राईभिङ स्कुलका संचालक शुनिल कामतले बताउनुभयो । सरकारले अहिले सम्म ट्राईलसेन्टरको कार्यविधी नबनाएका कारण सरकारलाई एक बर्षसम्म निशुल्क सेवा प्रदान गरेको कामतको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्