रिपोर्टरको डायरी : कोभी बोकेको ट्रक भित्र ६ बोरा गाँजा

रिपोर्टरको डायरी : कोभी बोकेको ट्रक भित्र ६ बोरा गाँजा

प्रेम देवान

विराटनगर । आवर विराटनगरका एक विस्वासिलो सुत्रले शुक्रबार रातको १० बजे फोन गर्छन् । तपाई रानी बोर्डरको २ नम्बर ढाटमा आउनपर्यो भनेर । हामीले खास के भएको हो ? भनेर ‘सोध्दा तपाई नै घटना स्थलगत आउनु न जे छ यहाँ आएपछि नै थाहा हुन्छ’ जवाफ आयो ।

हुन त हामीलाई सोही सुत्रले पटक पटक विस्वासनिय खबरका सुचनाहरु दिदै आएका थिए । नभन्दै हामीले उनको विस्वासमा सहकर्मी क्यामारा पर्सन सुुरन्जन लिम्बु सहित रातको १०ः१० समयमा घटना स्थलतर्फ लाग्यौ । हामी बसेको ठाँउदेखी करिबन झण्डै ५ किलो मिटर बाटोको तय गर्दै त्यसतर्फ लाग्यौ ।
त्यसपछि हामी घटनास्थलमा नै पुग्नुपर्ने भएका कारण शसस्त्रको टोलीलाई छोडेर घटना स्थलमा पुग्यो । घटनास्थल थियो पुरानो रानी भन्सारको २ नम्बर ढाट ।

त्यहाँ हामी पुग्दा भारततर्फ जाने र विराटनगर आउने दुवै ढाँट बन्द भईसकेका थिए । छेउछाउमा शसस्त्र प्रहरी र जनपथ प्रहरी डिउटीमा खटिरहेका थिए । उक्त स्थान अध्याँरो–अध्याँरो नै थियो । सायद बिद्युत थिएन । तर, हामीले मोवाईलको लाईट बालेर हेर्दा २ नम्बर ढाटको फलामको विम भने बाङ्गिएर कुच्चिएको अवस्थामा रहेको थियो । डिउटीमा खटिएका प्रहरीले भन्दै थिए–कोभी बोकेको ट्रकले एक्कासी आएर हान्यो ढाटको विम बाङगियो ।

ट्रक चालकलाई तत्कार ईलाका प्रहरी कार्यालय रानी विराटनगरले नियन्त्रणमा लियो । प्रहरीका अनुसार ट्रक चालकको लाईसेन्स समेत नभएको बुझिएको छ । केही दिन अघि पनि भारततर्फ रातको समयमा निकासी हुन लागी रहेका ८ वटा सुपारी बोकेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको थियो । पुनः यसरी रातको समयमा शंकास्पत रुपमा भेटिएको ट्रकमा केही छ की भन्ने आशंका गर्ने कुरा त हुने नै भयो । प्रहरीले नियन्त्रणमा लिएको ट्रकका सामान रातारात परिवर्तन पनि सक्छ भन्ने हुतेले हामीले उक्त ट्रक भित्र के छ त भनेर जुटमिल भित्र रहेको शसस्त्र क्याम्पतर्फ राती नै लाग्यौं । जुटमिल भित्रको त्यो अध्यारोबाटो विराटनगरका केही अपराध विटका सञ्चारकर्मी सहित हामी राती त्यसतर्फ लाग्यौ ।

केहीबेरको यात्रापछि हामी क्याम्प भित्र पुग्यौ । खासगरी हामीले आवर विराटनगरलाई संसारभरबाट हेर्ने हाम्रा प्यारा दर्शकलाई प्रत्यक्षरुपमा लाईभमा देखाउन खोजिरहेका थियौ । तर, शसस्त्र प्रहरीले माथिको आदेश भन्दै हामीलाई लाईभ गर्नबाट रोकियो । हुन सक्छ उहाँको अनुसन्धानको पाटोलाई अफठ्यारो होला भनेर हामीले उहाँहरुको कुरालाई सहर्ष स्वीरकार गरेर रेकर्ड मात्र गर्यो ।

झट्ट हेर्दा तरकारी बोकेको ट्रक देखिथ्यो । तपाई हामीले तरकारीको रुपमा खाँदै आएको बन्दा कोभी ट्रकमा थियो । माथिबाट बन्दाकोभीले भरिएको भएता पनि प्रहरीले भने यसभित्र गाँजा छ भन्ने आशका गरेको थियो । त्यसपछि सशस्त्र प्रहरीले ट्रक भित्रको कोभी निकाल्दै जाँदा एकपछि अर्को बोरामा गाँजा भेटिन थाल्यो । यस अघि प्रहरीले शंका गरेको बस्तु नै भेटायो । नभन्दै ट्रकभित्र ६ बोरा गाँजा शसस्त्र प्रहरी बल विओपी बोर्डर आउट पोष्ट रानीले बरामद गर्यो ।

प्रहरीले ट्रक चालक धनकुटा सहिद भूमि गाउँपालिका ३ का २९ वर्षीय विवेक राईलाई पक्राउ गरिसकेको छ । बरामद गाँजा सहित ट्रक चालकलाई हाल ईलाका प्रहरी कार्यालयमा बुझाईसकेको छ । यता ईलाका प्रहरी कार्यालय रानी विराटनगरले पनि गाँजा सहित ट्रक चालकलाई सार्वजनिक गरिसकेको छ ।

सङ्खुवासभाबाट बन्दा कोभी लोड गरेर ल्याएको ट्रकमा धनकुटाबाट गाँजा भारततर्फ लैजाने क्रममा सशस्त्र प्रहरीले बरामद गरेको थियो । ‘विशेष सूचनाको आधारमा कोभी बोकेको ट्रकलाई सशस्त्र प्रहरीले फलो गर्दै जाँदा विराटनगर १५ रानी स्थित २ नम्बर ढाटबाट नियन्त्रणमा त लियो । तर सशस्त्रले पक्राउ गरेको गाँजा मोरङ प्रहरीको प्रचार भएको भनेर आलोचना भईरहेको छ ।
जे होस कानुनले बज्रित गरीएको सामान पक्राउ परेको छ यो सबैभन्दा ठुलो कुरा हो । गाँजा कसको हो र कसले पठाएको हो भन्ने पनि अझै सम्म अत्तोपत्तो छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्