विराटनगरको आरके सेन्टर नयाँ व्यवस्थापन सहित पुन संचालनमा आउदै, साउन १८ गते छुटको बहार

विराटनगरको आरके सेन्टर नयाँ व्यवस्थापन सहित पुन संचालनमा आउदै, साउन १८ गते छुटको बहार

विराटनगर । विराटनगरको हाटखोलास्थित आरके सिटी सेन्टरमा नयाँ व्यवस्थापन सहित विभिन्न छुटका बहार लिदै पुन संचालनमा आउने भएको छ ।

एउटै छानामुनि उपभोक्ताको रोजाइ अनुसारको सामाग्रीहरू पाइने यो आरके सेन्टरमा साउन १८ गतेदेखि छुट योजना लिएर आउने भएको हो ।
आरके सेन्टरका व्यवस्थापक प्रमुख सजीव गजमेरका अनुसार नयाँ व्यवस्थापकले जिम्मेवारी समालेपछि उपभोक्ताको अभिरुचिलाई ख्याल गर्दै छुट योजना लिएको आउन लागेको जानकारी गराए ।

‘हरेक सामानमा हामीले उपभोक्ताहरूलाई छुट योजना लिएर आउँदैछौं,’ व्यवस्थापक गजमेरले भने, ‘आरके सेन्टरले ल्याउन लागेको योजना बम्पर रहेको छ ।’ उनका अनुसार हरेक सामानको खरिदमा उपभोक्ताहरूले ‘क्यास ब्याक’ भौचर प्राप्त गर्नेछन् । २ सय माथीका सामान खरिद गर्ने ग्राहकले ५० रुपैयाँका क्यास ब्याक भौचर पाउनेछन् । ‘क्यास ब्याक भौचर पाएका ग्राहक महानुभावहरूले आरके सेन्टरमा रहेको गार्मेन्ट सेक्सनमा सामान खरिद गर्न पाउँछन्,’ उनले भने ।

नयाँ व्यवस्थापकले साउन १८ गते जिम्मेवारी समालेपछि त्यस दिन आरके सिनेमा निःशुल्क सो रहनेछ । २ सय २० सिट क्षमताको आरके सिनेमा रहेको छ । आरके सेन्टरको पहिलो तलामा घरायसी सामाग्रीहरू रहेको छ । यस तलामा रहेको सम्पूर्ण सामाग्री खरिद गर्दा ग्राहकले क्यास ब्याक भौचर प्राप्त गर्नेछन् । यस्तै दोस्रो तलामा रहेको गार्मेन्टमा ९९ सय रुपैयाँबाट सुरु हुने लत्ता कपडा ९ हजार ९ सय ९९ रुपैयाँसम्मको रहेको छ । लत्ताकपडाको खरिद पनि क्यास ब्याक प्राप्त गर्नेछन् ।

यस्तै तेस्रो तलामा अन्र्तराष्ट्रिय ब्रान्डका सामाग्रीहरू रहेको छ । जसमा ४० देखि ६० प्रतिशतसम्म छुट दिइनेछ । चौथो तलामा मोर्डन फर्निचरको सामाग्रीहरू रहेको छ । मोर्डन फनिर्चरको सामाग्रीहरूमा ५० प्रतिशतसम्म छुट दिने तयारी गरेको छ । पाँचौँ तलामा जिम व्यामशाला रहेको छ । साउन १८ गते आउने ग्राहकको भर्ना निःशुल्क रहनेछ जनाएको छ । अरुबेला आउने ग्राहकलाई जिममा भर्ना शुल्क ५ सय रुपैया तोकिएको थियो ।

यस्तै छैठौ तलामा सिनेमा हल र सातौँमा स्काइ लाउन्ज एण्ड रेस्टुरेन्टसंगै स्वीमिङ पुल रहेको छ । उत्त दिन रेस्टुरेन्टमा १५ प्रतिशत छुटसंगै स्वीमिङपुलमा पनि विशेष छुट दिने व्यवस्थापक गजमेरले जानकारी दिए । ‘यी बसै छुट योजना साउन १८ गतेदेखि लागू हुनेछ आर के सेन्टरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्