नेपाली भाषाको उत्थानमा सहयोग गर्ने बाँतर समुदायका तीन जना पुरस्कृत

नेपाली भाषाको उत्थानमा सहयोग गर्ने बाँतर समुदायका तीन जना पुरस्कृत

विराटनगर । गीतमार्फत नेपाली भाषाको उत्थानमा सहयोग पुर्‍याउने पिछडिएका बाँतर समुदायका तीन जनालाई आज यहाँ पुरस्कृत एवं सम्मान गरिएको छ


हिमपत मिडिया हाउस र प्रवासी सरदार ‘बाँतर’ यूवा एकता समाज उत्थान केन्द्र नेपालद्वारा दोस्रो अनलाईन नेपाली गीत गायन प्रतियोगिता—२०२२ मा प्रथम, द्धितीय र तृतीय हुने क्रमशः चुडा सरदार( सत्यनारायण),द्धितीय विजयकुमार सरदार र तृतीय हुने राजीव सरदारलाई रु १४ हजार, १० हजार र पाँच नगद सहित सम्मान गरिएको छ।

प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले पुरस्कार वितरण गर्दै मुलुकमा सङ्घीयता स्थापनाले सबैजातजातिको भाषा, संस्कृतिको संरक्षणमा सहयोग पुगेको बताउनु भयो । उहाँले मातृभूति, मातृभाषा र मातृलाई सदैव सम्मान गर्नुपर्नेमा जोड दिँदै आफ्नो पहिचात जोगाउन संस्कार, संस्कृति र भाषाप्रति आदर एवं संरक्षण गर्न आग्रह गर्नु भयो ।

हिमपत मिडियाका अध्यक्ष विरेन्द्रकुमार साह,नेपाली कांग्रेसका मोरङ कोषाध्यक्ष राजेश गुप्ता ,रेडियो नेपालका गायक रामा मण्डल, कवियत्रि सरिता तुलाधर,कविता केसरी,कमलेश कर्ण ,मैथली चलचित्रका नायक विजय कामत र कमलेश्वर ठाकुर लगायतले तराई तथा पहाडी क्षेत्रमा विभिन्न समुदायले बोल्ने लोप हुन लागेको भाषाको संरक्षणमा हामीसबै क्रियाशिल हुनु पर्नेमा जोड दिनु भयो ।

हिमपत मिडियाले कोभिड महामारी, स्वास्थ्य उपचार,दिनदुःखी , शिक्षाबाट वन्चितहरुलाई विगतदेखि सहयोग पुर्‍याउदै आएको छ।
सो अवसरमा मन्त्री यादवले कोभिड महामारीमा नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरुलाई सम्मान गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्