एसईईको ग्रेडबृद्धि (पुरक) परीक्षा भदौ ११ र १२ गते

<span class='c1'>एसईईको ग्रेडबृद्धि (पुरक) परीक्षा भदौ</span> <span class='c2'>११ र १२ गते</span>

विराटनगर । माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि (पुरक) परीक्षा भदौ ११ र १२ गते हुने भएको छ ।

२०७८ सालको परीक्षामा सहभागी भई ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीका लागि यही भदौ ५ गतेसम्म आवदेन दिनुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको हो । विद्यार्थी बढीमा दुई विषयमा मात्रै पुरक परीक्षा दिन पाउने व्यवस्था छ । परीक्षामा सहभागी हुने विद्यार्थीले तोकिएको ५०० राजश्व तिरी सम्बन्धित विद्यालयमा फाराम भर्न सक्नेछन् । परीक्षा भदौको ११ र १२ गतेका लागि तय भएको छ । पहिलो दिन अनिवार्य अंग्रेजी र एउटामात्रै विषयको परीक्षा दिनहरूको परीक्षा हुनेछ । साथै, दुई विषयको परीक्षा दिनेहरूले सानो कोड भएको विषयको परीक्षा ११ गते नै दिनु पर्नेछ ।

१२ गते दुई विषयका लागि फाराम भरेका विद्यार्थीको ठूलो कोड भएको विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्