रतुवामाईबाट लागुऔषध र नियन्त्रित औषधी सहित २ जना पक्राउ

रतुवामाईबाट लागुऔषध र नियन्त्रित औषधी सहित २ जना पक्राउ

विराटनगर । मोरङको रतुवामाई नगरपालिका-४ भद्रचोक स्थितबाट लागुऔषध र नियन्त्रित औषधी सहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ७ का एक जना बालक र सोही स्थानका १९ बर्षीय अभिषेक ओली रहेका छन् । शनिबार दिउँसो प्रहरी चौकी झुर्कियाबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट नाइट्रोभेट १० लेखिएको ३० ट्याबलेट, कोरेक्स १ बोतल, ट्रमाडोल हाईड्रोक्लोराईड ६६० ट्याब्लेट सहित पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवैजानलाई ईलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्