विराटनगरको जनता क्याम्पसमा ‘एमएसडब्लु र एमएड’का शैक्षिक कार्यक्रम

विराटनगरको जनता क्याम्पसमा ‘एमएसडब्लु र एमएड’का शैक्षिक कार्यक्रम

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस जनता आदर्श बहुमुखी क्याम्पसले कला र शिक्षा संकायमा स्नातकोत्तर तहको अध्यापन सुरु गर्ने भएको छ । क्याम्पसले सामाजिक कार्य विषयमा (एमएसडब्लु) र शिक्षाशास्त्र संकाय अन्तर्गत एमएडको स्नातकोत्तरको अध्यापन सुरु गर्ने भएको हो ।

आगामी असोजदेखि पढाई सुरु गर्ने गरि क्याम्पसले शैक्षिक कार्यक्रमका बारेमा आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । क्याम्पस प्रमुख एवं डाइरेक्टर महेशप्रसाद निरौलाका अनुसार सामाजिक कार्य विषय लिएर स्नातक अध्ययन गरिसकेका विद्यार्थीले अब स्नातकोत्तरका लागि बाहिर जानु पर्दैन ।
यसैगरी एमएड शैक्षिक कार्यक्रम अन्तर्गत अंग्रेजी, नेपाली र इ.पि.एस.मा अध्यापन सुरु गरिने भएको छ । यसैगरी निकट भविष्यमै कानुनतर्फ स्नातकोत्तर एलएलएम तहको शैक्षिक कार्यक्रम समेत सुरु गरिने दावी गरिएको छ ।

पूर्वाञ्चल विश्वविद्यालय कला, शिक्षा तथा कानुन संकायका डिन प्रा.डा.अनिल पोखरेलले अहिलेको आवश्यकताका आधारमा कोर्षहरु कार्यन्वयनमा ल्याइएको बताउनुभयो । यस अगाडी सुरु गरिएको सामाजिक कार्यमा स्नातक (बीएसडब्लु) बीएडका विद्यार्थीलाई समेत सहयोग पुग्ने गरी स्नातकोत्तर तह सञ्चालनको तयारी गरिएको हो ।
यसैगरी क्याम्पसले बी.एड.मा विशेष आवश्यकता शिक्षा (बीएनई) शैक्षिक कार्यक्रम समेत सञ्चालनमा ल्याएको छ । यो शैक्षिक कार्यक्रममा प्रदेश १ का लागि पहिलो मानिन्छ । फरक क्षमता (अपाङ्गता) भएका नागरिकलाई शिक्षामा पहुँच विस्तार गर्नका लागि यो शैक्षिक कार्यक्रम सहयोगी हुने दावी गरिएको छ । यो कार्यक्रमले जनशक्ति उत्पादन गर्ने वा प्रत्यक्ष रुपमा अपाङ्गता भएकाहरुलाई समेत अध्ययनको अवसर दिनेछ ।

यसैगरी कलेज अफ ल अन्तर्गत कानुनमा स्नातक तहका दुईवटा कार्यक्रम सञ्चालनमा रहेका छन् । पाँच वर्षे बीएलएलबी र तीन वर्षे बीएलएलबी कार्यक्रम रहेका हुन् । यसमा प्लसटु अध्ययन सकाएरका वा कुनै विषयमा स्नातक गरेका ईच्छुकले अध्ययन गर्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्