विराटनगरको लाईफ गार्ड अस्पतालले स्वास्थ्य बीमा निरन्तर संचालन गर्ने

<span class='c1'>विराटनगरको लाईफ गार्ड अस्पतालले स्वास्थ्य</span> <span class='c2'>बीमा निरन्तर संचालन गर्ने</span>

विराटनगर । सरकारले सरकारी तथा सामुदायिक अस्पतालबाट मात्रै स्वास्थ्य बीमा कार्यक्रम कार्यन्वयन गर्ने भएपछि निजी अस्पतालहरुले स्वास्थ्य सुविधा कार्यक्रम सकिएको बताएका छन् ।

विराटनगरका अधिकांश अस्पतालहरुले स्वास्थ्य बिमा सुविधा हटाएको घोषणा गरेपनि पनि लाईफ गार्ड अस्पतालले यसलाई निरन्तरता दिने भएको छ ।

स्वास्थ्य बीमा अन्तर्गत सरकारले प्रतिपरिवार वार्षिक ३ हजार ५ सय रुपैयाँ लिएर परिवारका पाँच सदस्यको स्वास्थ्य बीमा गराउने गरेको थियो । स्वास्थ्य बीमा गरेकाहरुले तोकिएको अस्पतालमा वार्षिक १ लाख रुपैयाँ बराबरको नि:शुल्क रुपमा उपचार गराउन पाउने र सो बापतको शुल्क नेपाल सरकारले अस्पताललाई भुक्तानी गर्ने गरेको थियो । तर दाबी रकम सरकारले भुक्तानी नदिएको भन्दै प्रदेश एकका केहि निजि अस्पतालहरुले यस अघि नै यो कार्यक्रम बन्द गरिसकेका छन् । एकातिर भुक्तानी नहुने र अर्कोतिर भुक्तानी दाबी गर्दा अधिकरुपमा दाबी अस्विकृत हुने गरेको अस्पतालहरु गुनासो गर्दछन् ।

यता बरगाछीस्थित लाईफ गार्ड अस्पतालका अध्यक्ष डाक्टर कैलाश श्रेष्ठले सरकारले जनतालाई दिएको सुविधा भएकाले भुक्तानी नपाएको अप्ठ्यारो अवस्थामा पनि यसलाई आफुहरुले निरन्तरता दिने निर्णय गरेको बताउनु हुन्छ । उहाँले सरकारले आफुहरुसँग पाँच वर्षको स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्ने सम्झौता गरेको र रद्द गर्ने कुनै जानकारी नपठाएकाले यसलाई कानुनत हिसाबमै निरन्तरता दिने जानकारी दिनु भयो । ‘सरकारले जनतालाई दिएको सुविधा हो । यसबाट उनीहरुले उपचार सुविधा पाईपनि रहेका छन् त्यसैले हामीले केहि असन्तुष्टि छ भन्दैमा यसलाई हटाउन मिल्दैन’ श्रेष्ठले भन्नुभयो, ‘जहिलेसम्म सक्छौं यो सुविधा जनतालाई दिईनै रहनेछौं ।’

डा. श्रेष्ठका अनुसार अहिले हरेक दिन औसतमा सय जना बिरामीले स्वास्थ्य बिमा सुविधाबाट लाईफ गार्ड अस्पतालमा उपचार गराउने गरेका छन् । बिमा सुविधाका बिरामीहरुले लिएको औषधी र ल्याब सुविधाको रकमका लागि अस्पतालसँग बारम्बार तकादा आउने गरेको भए पनि निकासा नहुँदा अस्पताल संचालकहरुले समस्या भोग्दै आउनु परेको छ । ‘सरकारले सोच्नु पर्छ कि स्वास्थ्य बिमाको भुक्तानी चाँडै गरिएन भने अस्पतालहरु अझ ठुलो समस्यामा पर्नेछन् ।’ उहाँ भन्नु हुन्छ, ‘यसले स्वास्थ्य बिमा गराएका गरिब जनतालाई नै सहज स्वास्थ्य उपचारबाट बन्चित गर्नेछ ।”

लाईफ गार्ड अस्पतालमा सरकारले बन्द गर्न नभनेसम्म बिमा कार्यक्रमलाई निरन्तरता दिने बताउदै अध्यक्ष डा.श्रेष्ठ भन्नु हुन्छ, ‘अप्ठ्यारो सहेर पनि हामी हाम्रो कर्तव्य गर्दैछौं सरकारले पनि यथासक्य चाँडो स्वास्थ्य बिमाको भुक्तानी र दाबी अस्विकृत गर्ने जस्ता समस्यालाई व्यवस्थापन गरेर भईरहेको समस्या समाधान गर्नु पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्