मोरङमा २० हजार भन्दा बढी लागुऔषध प्रयोगकर्ता,प्रहरीले विशेष अभियान चलाउने

मोरङमा २० हजार भन्दा बढी लागुऔषध प्रयोगकर्ता,प्रहरीले विशेष अभियान चलाउने

विराटनगर । मोरङमा प्रत्येक वर्ष लागूऔषध सम्बन्धी मुद्दा बढेपछि प्रहरीले यसको रोकथाम र नियन्त्रणको लागि विशेष अभियान चलाउने भएको छ ।


युवा उमेर समूहका कुलतको लतमा फसेर अपराधिक क्रियाकलापहरूमा संलग्न हुने गरेको पाइएपछि मोरङ प्रहरीले लागूऔषधको रोकथाम र नियन्त्रणको लागि विशेष अभियान चलाउने भएको हो ।
प्रहरीले विशेष अभियान चलाउनु अगाडी सरोकारवालाहरूसँग आइतबार ‘लागू औषध दुव्र्यसनीहरूलाई उपचार तथा पुनःस्थापना सम्बन्धमा छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा बोल्दै मोरङका प्रहरी प्रमुख एसपी शान्ति राज कोइरालाले कुलतमा फसेका युवाहरूलाई सुधार गरि समाजमा पुनःस्थापना गरिन प्रदेश सरकार र पुनस्थापना केन्द्रहरूसँग समन्वय र सहकार्य गरि अभियान सुरू गर्ने बताए ।
मोरङमा लागूऔषध प्रयोगकर्ताको संख्यामा २० हजार भन्दा बढी रहेको एसपी कोईरालाले बताए । लागूऔषध प्रयोगकर्ताहरु २० देखि २९ उमेर समूहका सबैभन्दा बढी रहेका छन् ।

मोरङमा २० प्रतिशत भन्दा बढी मुद्दा प्रत्येक वर्ष लागूऔषध सम्बन्धी मात्र बढेको प्रहरीको अभिलेखमा देखिन्छ । आर्थिक वर्ष २०७६÷०७७ मा १ सय ८६ वटा लागूऔषध मुद्दा दर्ता भएको थियो । २०७७÷०७८ मा बढेर २ सय २४ वटा मुद्दा दर्ता भएको एसपी कोइरालाले जानकारी दिए ।
यस्तै आर्थिक वर्ष २०७८÷०७९ मा ३ सय ९ वटा मुद्दा दर्ता भएको छ । चालु आर्थिक वर्षको साउनसम्म मोरङमा ४७ वटा लागूऔषध सम्बन्धी मुद्दा दर्ता भएको छ । दर्ता भएको मध्ये इलाका प्रहरी कार्यालय रानी विराटनगरबाट मात्र मुद्दा चलेको ३७ वटा रहेको छ । ९० प्रतिशत मुद्दा मोरङको ८ वटा मुद्दा चल्ने प्रहरी कार्यालयहरू भन्दा बढी इप्रका रानीबाट चल्ने गरेको छ ।

कार्यक्रममा बोल्दै प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले सचेता अभियान सुरू गरेर कुलतमा फेसेका देशका कर्णदार युवाहरूलाई सुधार गरेर लैजानुपर्ने बताए । यसको लागि प्रदेश सरकारले पनि समन्वय र सहकार्य गरि काम गर्ने उनले बताए । मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले लागूऔषध ओसार पोसार गरि कमाउ भन्दा चलाउने गिरोहलाई पक्राउ गरि मुद्दा चलाउने र प्रयोगकर्ताहरूलाई सुधार गर्नको लागि अभियान चलाउन जरुरी रहेको बताए ।


कार्यक्रममा मोरङमा रहेका ८ वटा लागूऔषध प्रयोगकर्ताहरूलाई सुधारको लागि राखिने पुनःस्थापकाना केन्द्रका प्रतिनिधीहरूको उपस्थिती रहेको थियो । उनीहरूले पनि लागूऔषध दुव्र्येसनीमा लागेकालाई सुधार गरि समाजमा पुनःस्थापनाको लागि सरकारी तहबाट अभियान चलाउन आवश्यक भएको सुझाब दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्