विराटनगरका कलेजमा विद्यार्थीलाई छुटैछुट

<span class='c1'>विराटनगरका कलेजमा</span> <span class='c2'>विद्यार्थीलाई छुटैछुट</span>

विराटनगर । एसईईको नतिजा सार्वजानिक भएसँगै विराटनगरका निजी तथा सामुदायिक विद्यालयहरुमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीको चाप छ । प्रदेश १ को शैक्षिक हव मानिएको विराटनगरमा गुणस्तर शिक्षाका अवसर धेरै छन् । त्यहि अवसरलाई पछ्याउँदै विराटनगरका निजी तथा सामुदायिक विद्यालयमा भर्ना हुन धेरै जिल्लाका विद्यार्थी आउने गरेका हुन् ।

हिसान मोरङका अध्यक्ष अमित ढकालका अनुसार विराटनगरमा मात्रै २७ वटा निजी विद्यालयहरुले कक्षा ११ को भर्ना लिने गर्दछन् । विद्यार्थीको रोजाईमा परेका विद्यालयमा भर्ना हुन पाउने अधिकारलाई सञ्चालकले सम्मान गर्ने गरेका छन् ।
भौतिक संरचना, शैक्षिक वातावरण, वार्षिक नतिजा र भविष्यका लागि आजसम्म विद्यार्थीले प्राप्त गरेको उपलब्धीका आधारमा विराटनगरका कलेजहरुको स्तरीकरण हुने गरेको छ । जसमा विद्यार्थी तान्न भन्दा विद्यार्थी भर्ना भएर उनीहरुको मनोविज्ञान अनुसार पढाउन निजी कलेजहरुका लागि चुनौती देखिएको अध्यक्ष ढकालको बुझाई छ ।

अर्किड कलेजका अध्यक्ष समेत रहेका ढलकाले छुटैछुटको बहारसहित विद्यार्थी भर्ना अवसर राखिएको दावी गरेका छन् । अर्किड कलेजले प्रवेश परीक्षामा ५० प्रतिशत अंक ल्याउने विद्यार्थीदेखिलाई छुट योजना राखेको ढकालको भनाई छ । यहाँ विज्ञान विषयको अध्ययन गर्ने विद्यार्थीका लागि एकलाख, व्यवस्थापनमा ६० हजार र होटल मेनेजमेन्टमा एकलाख वार्षिक शुल्क तोकिएका छ । कलेजले लिइएको प्रवेश परीक्षामा विद्यार्थीले ल्याएको अंक, एसईईमा विद्यार्थीले ल्याएको जीपीएलाई आधार बनाएर छुट दिईने छ । यसैगरी जेहेन्दार तथा गरिब विद्यार्थीलाई कलेजले आफ्नै खर्चमा पढाउने छ ।

कक्षा ११ को भर्नाका लागि विराटनगरका कलेजहरुले विद्यार्थीको क्षमता मापनका आधारमा प्याकेज घोषणा गरेका छन् । विज्ञान विषय लिएर अध्ययन गर्ने विद्यार्थीका लागि अरनिको कलेजले सोमबार नै प्रवेश परीक्षा लिदैंछ । ७५० विद्यार्थी क्षमता रहेको अरनिकोमा एकहजार ७०० विद्यार्थीले प्रवेश परीक्षाका लागि फारम भरेको प्रिन्सिपल राजेश कार्कीले जानकारी दिइएका छन् । अरनिको कलेजले एकलाख ६ हजार रुपिँया वार्षिक शैषिक शुल्क तोकेको छ । यसमा इन्ट्रान्स टपरले निःशुल्क भर्ना हुने अवसर पाउनेछन् । त्यस बाहेक एसईईमा प्राप्त गरेको जीपीएका आधारमा छुट दिईने प्रिन्सिपल कार्कीको भनाई छ । कार्कीका अनुसार गरिब तथा जेहेन्दार विद्यार्थीलाई कलेजले विशेष सुविधासहित भर्ना लिनेछ ।

व्यवस्थापन शिक्षामा अगाडी रहेको मेरिल्याण्ड कलेजले कक्षा ११ का लागि ८० हजार शुल्क निर्धारण गरेको छ । कलेजका सञ्चालक भेसराज पोखरेलका अनुसार तोकिएको शुल्कमा १० हजारदेखि ७० हजार रुपैँयासम्म छुटको अवसर लिएर विद्यार्थी भर्ना हुन पाउने सुविधा छ । एसईईको जीपीए आधार र कलेजले लिने इन्ट्रान्समा प्राप्त अंकका आधारमा विद्यार्थीले छुट पाउने पोखरेलले जानकारी दिए । कलेजले इन्ट्रान्स टपर दुईजनालाई ७० हजार, उत्कृष्ट पाँचजनालाई ४५ हजार र दशजना भित्र पर्नेलाई ४० हजार रुपैँया तोकिएको शुल्कमा छुट घोषणा गरेको छ ।

यसैगरी विराटनगरको शिक्षादीप कलेजले विज्ञान र व्यवस्थापन विषयमा विद्यार्थी भर्नाका लागि तयारी गरिरहेको छ । शिक्षादीपले विज्ञान विषयको प्रवेश परीक्षा मंगलबारलाई तोकेको कलेजका सञ्चालक ज्ञानबहादुर खड्काले जानकारी दिएका छन् । खड्काका अनुसार विज्ञान विषयका लागि एकलाख ६ हजार र व्यवस्थापन विषयका लागि ६७ हजार ५०० शुल्क तोकिएको छ । जसमा विद्यार्थीले आफ्नो क्षमता अनुसार छुटका अवसर लिन पाउने छन् । खड्काले सरकारी विद्यालय अध्ययन गरेर माथिल्लो कक्षामा अध्ययन समस्या भएका विद्यार्थीलाई निःशुल्क पढ्न पाउने अवसर रहेको जानकारी दिइएका छन् ।

यसैगरी कान्तिपुर कलेजले विज्ञान र व्यवस्थापन विषयका लागि ७५० विद्यार्थी भर्ना लिनेछ । कलेजका प्रिन्सिपल भुवन नेपालका अनुसार विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीलाई एकलाख ६ हजार र व्यवस्थापन विषय अध्ययन गर्ने विद्यार्थीलाई ८० हजार शुल्क तोकिएको छ । विद्यार्थीले तोकिएको शुल्कमा पूर्ण र आंशिक छात्रवृत्तिको अवसर लिन पाउनेछन् ।
एसईई परीक्षामा प्राप्त जीपीए, इन्ट्रान्समा प्राप्त अंक र विभिन्न कोटाका विद्यार्थीहरु समेत गरेर एकसयलाई छात्रवृत्ति प्रदान गरिने दावी प्रिन्सिपल नेपालको छ । साइन्स र कम्प्यूटर साइन्स, मेनेजमेन्ट र होटल मेनेजमेन्टमा विद्यार्थी भर्ना गर्नका लागि मंगलबा प्रवेश परीक्षा लिइने भएको छ । विज्ञानतर्फ ३५० र मेनेजमेन्टतर्फ ४०० विद्यार्थी भर्ना लिईनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्