अरनिको कलेज शिक्षा सेवा सम्मान २०७९ बाट सम्मानित

<span class='c1'>अरनिको कलेज शिक्षा सेवा</span> <span class='c2'>सम्मान २०७९ बाट सम्मानित</span>

विराटनगर । विराटनगर स्थित अरनिको कलेज शिक्षा सेवा–२०७९ बाट सम्मानित भएको छ ।

फोकस नेपालद्वारा आयोजित काठमाडौं एक विशेष कार्यक्रममा अरनिको आवासीय माध्यमिक विद्यालयलाई शिक्षा सेवा सम्मान प्रदान गरिएको हो । गुणस्तरीय शिक्षा प्रदान गरि निरन्तर उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा सम्मान गरिएको फोकस नेपालले जनाएको छ ।

अरनिको आवासीय माध्यमिक विद्यालयले विगत दुई दशक बढी समयदेखि नै यस क्षेत्रमा गुणस्तरीय शिक्षाप्रदान गर्दै आएको छ । यस संस्थाबाट कक्षा ११ र १२ पश्चात् सर्वाधिक संख्यामा विद्यार्थीहरूले चिकित्साशास्त्र, इन्जिनियरिङ्ग, एग्रिकल्चर लगायतका विभिन्न क्षेत्रमा उच्च सङ्ख्यामा नाम निकाल्न सफल भएको सर्वविदितै छ ।

प्राचार्य राजेश कार्कीले यो सम्मानको हकदार बनाउन भूमिका खेल्ने सम्पुर्ण दक्षशिक्षक, मेहनती विद्यार्थी, कुशलकर्मचारी, सचेत अभिभावकप्रति आभार व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्