विराटनगरमा मंगलबारदेखि बालकालिकालाई फाईजर खोपको दोस्रो मात्रा लगाइने

विराटनगरमा मंगलबारदेखि बालकालिकालाई फाईजर खोपको दोस्रो मात्रा लगाइने

विराटनगर । विराटनगरमा मंगलबारदेखि ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरसविरुद्धको फाईजर खोपको दोस्रो मात्रा लगाइने भएको छ ।

महानगरपालिकाले आइतबार जारी गरेको सूचना अनुसार साउन १७ गतेदेखि २३ गतेसम्म पेडियाट्रिक फाईजर खोप अभियानको क्रममा विद्यालय लक्षित खोप केन्द्रहरुबाट पेडियाट्रिक फाईजर बायोण्टेक खोपको पहिलो मात्रा लगाएका ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरसविरुद्धको दोस्रो मात्र लगाइने भएको हो ।

दोस्रो मात्रा खोप लिनको लागि पहिलो मात्रा खोप लगाएको २१ दिन पुरा भएको हुनुपर्ने महानगरले जारी गरेको सूचनामा उल्लेख छ।

पहिलो मात्रा खोप लगाएकोले खोप कार्ड अनिवार्य लिएर जानुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्