मोरङको जहदा-७मा सुरुङ खनेर पाँंच घरमा चोरी, जिल्लाको टोलि घटनास्थलमा

मोरङको जहदा-७मा सुरुङ खनेर पाँंच घरमा चोरी, जिल्लाको टोलि घटनास्थलमा

विराटनगर । मोरङको जहदा गाउँपालिका–७ मा एकैरात पाँच घरमा चोरी भएको छ ।

घरहरु चोर्नका लागि सुरुङ खनेर भित्र पसिएको छ । स्थानीय सुरज रवानीले दिइएको जानकारी अनुसार त्यहाँका पाँच घर भित्र पसेर पैसा, गहना, कपडा तथा अन्य जिन्सी सामान चोरी गरिएको हो । स्थानीयवासी मनिकलाल चोडे, राजन चोडे, तल्लु सोरेन, अर्जुन महतो र अर्का एकजनाको घर एकैरात चोरी भएको छ । चोरीमा संलग्न समूहले टाटी भएका घरमा भत्काएर प्रवेश गरेका छन् । तर, पक्का किसिमको घरमा भने सुरुङ खनेर पसेका छन् ।
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोलि खटेको छ । जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाका अनुसार अहिले टोलिले घटनास्थलमा पुगेर अनुसन्धान अगाडी बढाएको छ ।

घटनाको थप विवरण भने आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्