‘मिस विराटनगर २०७९’ को उपाधि स्वस्तिका खरेललाई

‘मिस विराटनगर २०७९’ को उपाधि स्वस्तिका खरेललाई

विराटनगर । ' मिस विराटनगर २०७९'को उपाधि स्वस्तिका खरेलले हात परेकी छिन् ।

श्रष्टा नेपालको आयोजनामा हाटखोलास्थित गुरुकुलमा शुक्रबार मिस विराटनगर २०७९ सम्पन्न भएको हो । उक्त प्रतियोगितामा विराटनगरका करिब ३५ भन्दा बढी किशोरीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । ३५ जनाबाट छनोट भएर फाईनलमा १२ जना पुगेका थिए। उक्त १२ जनाबाट विजेता हुनेको नाम क्रमश : मिस वाक र ब्युटी वीथ ब्रेन स्वस्तिका खरेल, मिस टयालेन्ट आयुसा राई, मिस प्रसानालिटी कृपा श्रेष्ठ, मिस कन्फीडेन्स सानू चौधरी, मिस फोटोजेनीक साइमा गोपाली र पिपुल्स चोइस विबीसा गीरी भईन । उक्त प्रतियोगिताकाे चिफ जजको रुपमा निकिता चन्दक रहेकी थिईन ।

प्रतियोगितामा प्रथम हुनेलाई ५५ हजार रुपैयाँ र प्राईम लाईफ इन्स्योरेन्सको १० लाख बीमा त्यसैगरी दोस्रो हुनेलाई ३० हजार रुपैयाँ र ५ लाख बराबरको बीमा , तेस्रो हुनेलाई १५ हजार रुपैयाँ र ३ लाख बराबरको बीमाको पुरस्कार वितरण गरिएको थियो ।

आयोजकका अनुसार यसपटकको कार्यक्रम विगतको भन्दा फरक र बिशेष तरीकाले भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्