विराटनगरमा आजबाट सुरु भयो सवारी चालक अनुमति पत्र प्रयोगात्मक परीक्षा

विराटनगरमा आजबाट सुरु भयो सवारी चालक अनुमति पत्र प्रयोगात्मक परीक्षा

विराटनगर । विराटनगरमा सवारी चालक अनुमति पत्र प्रयोगात्मक परीक्षा आजबाट सुरु भएको छ ।

सवारी चालक अनुमति पत्र प्रयोगात्मक परीक्षाको उद्घाटन प्रदेश १ का मुख्य मन्त्री राजेन्द्र कुमार राईले गरेका हुन् ।

सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) प्राप्त गर्नेको लागि विराटनगरवासीले लामो समय ईटहरी धाउनुपर्ने वाध्यताकाे अन्त्य भएको छ । यातायात व्यवस्था कार्यालय विराटनगरका प्रमुख अनमोलमणी भट्टराईका अनुसार साउन १५ गते ८० जनाले लिखित परीक्षा दिएका थिए। जसमध्ये ६५ जना पास भएका थिए। सोमबार १ जनाले मात्रै प्रयोगात्मक परीक्षा दिएका थिए। अत्याधिक वर्षा भएका कारण प्रयोगात्मक परीक्षा मंगलबार सारीएको यातायात व्यवस्था कार्यालय विराटनगरले जनाएको छ।
तर, अब प्रदेश १ को राजधानी विराटनगरबाट नै सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) लिन सकिने व्यावस्था भएपछि यतिखेर विराटनगरवासी हर्षित छन् । यातायात व्यवस्था कार्यालय विराटनगरले गत साउन ११ गते बुधबार बेलुकादेखी अनलाईन फारम खुलाईसकेको थियो ।

प्रदेश १ मा इटहरीमा मात्रै रहेको सेवा विर्तामोड, इलाम, धनकुटा, उदयपुर र अब विराटनगरबाट ट्रायल दिने व्यवस्था भएसंगै आगामी साउन २५ गते सम्मका लागी प्याक भईसकेको यातायात व्यवस्था कार्यालय विराटनगरका प्रमुख अनमोलमणी भट्टराईले बताउनुभयो ।

उहाँका अनुसार दैनिकी मोटरसाईकलका १००, स्कुटर ४०, कार, जिप र भेन ५०, ट्याक्टर १५ वटा त्यसैगरी ट्याम्पो सिटी सफारी गरी २१५ वटा दैनिक अनलाईन कोटाको फारम खोलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्